Trend
शुक्रबार , असार २७, २०८२

श्याम घिमिरे
२०८२ बैशाख ४अर्घाखाँची –

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन सबैसंग हालेमालो गरी अगाडि बढ्ने बताउनु भएको छ । भर्खर मात्र अर्घाखाँची सरुवा भई आउनु भएका प्रजिअ खरेलले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग बिहिवार जिल्ला प्रशासन कार्यालयमा आयोजित परीचयात्मक कार्यक्रमा बोल्दै यस्तो बताउनु भएको हो ।

सबैको सहयोग र समर्थन भएमा मात्रै जिल्लामा शान्तीसुरक्षा र सुशासनलाई मजवुद बनाउन सकिने भन्दै खरेलले तथ्य र तथ्यांकमा आधारीत सुचना दिन पत्रकारहरुलाई आग्रह पनि गर्नुभएको छ । खरेलले कानुन र समाजको हित बाहिर रहेर कुनैपनि गतिविधी नगर्ने बताउदै सबैलाई जनताप्रति बफादार भएर काम गर्न आग्रह समेत गर्नुभयो । पत्रकार र प्रशासन बिच नङ र मासुको जस्तै सम्बन्ध रहेको भन्दै प्रजिअ खरेलले सञ्चारकर्मिहरुले खोजपत्रकारीता मार्फत सत्यतथ्य सुचना प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP