Trend
बिहिबार , असार २६, २०८२

श्याम घिमिरे,
७ बैशाख २०८२ अर्घाखाँची

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले आफ्नो स्थापना दिवसको अबसरमा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । संगठनको ३५औैं स्थापना दिवसको अवसरपारी अर्घाखाँची अस्पतालमा भर्ना भएका विरामीहरुलाई पुर्ण स्वास्थ्य लाभको कामना गर्दै आइतवार फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारी,संगठनका केन्द्रीय सदस्य गणेश प्रसाद भण्डारीलगायत संगठनका नेता एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।

अघिल्लो बर्ष सन्धिखर्क २, मा रहेको भगवती माध्यमिक बिद्यालय कुर शंखेटारीमा स्थापना गरिएको अक्षयकोषको रकमको व्याजबाट कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाइ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । दिवसको अबसरमा संगठनले देशब्यापीरुपमा विभिन्न रचनात्मक तथा श्रृजनात्मक कार्यहरू गर्दै आईरहेको संगठनका जिल्ला अध्यक्ष पशुपति खनालले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

गजल

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

गजल

त्रिवेणी बाल समुह गठन,अध्यक्षमा मोनिक खनाल चयन


TOP