Trend

श्याम घिमिरे,
७ बैशाख २०८२ अर्घाखाँची

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले आफ्नो स्थापना दिवसको अबसरमा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । संगठनको ३५औैं स्थापना दिवसको अवसरपारी अर्घाखाँची अस्पतालमा भर्ना भएका विरामीहरुलाई पुर्ण स्वास्थ्य लाभको कामना गर्दै आइतवार फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारी,संगठनका केन्द्रीय सदस्य गणेश प्रसाद भण्डारीलगायत संगठनका नेता एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।

अघिल्लो बर्ष सन्धिखर्क २, मा रहेको भगवती माध्यमिक बिद्यालय कुर शंखेटारीमा स्थापना गरिएको अक्षयकोषको रकमको व्याजबाट कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाइ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । दिवसको अबसरमा संगठनले देशब्यापीरुपमा विभिन्न रचनात्मक तथा श्रृजनात्मक कार्यहरू गर्दै आईरहेको संगठनका जिल्ला अध्यक्ष पशुपति खनालले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना


TOP