Trend
शुक्रबार , कार्तिक २९, २०८२

                                                                ✍️डिल्ली राज घिमिरे ( सङ्गम)

बहर हजज मुसम्मन सालिम
वजनः१२२२ १२२२ १२२२ १२२२

मिले नेता मुलुकभित्रै सधैँ हलचल कहाँ हुन्छ
स्वयम् आगो लगाएमा धरा शीतल कहाँ हुन्छ

कतै बाजा कतै नारा लडे योद्धा हजारौँनै
असल मान्छे हुँदा सङ्गम कली घायल कहाँ हुन्छ

ठुला नेता गरेका छन् वितण्डा राजधानीमा
अधम साथी भए घाती सभा छलफल कहाँ हुन्छ

अदालतकै थियो मुद्दा इलाकामा विचाराधीन
चुनौतीलाई पछिपारे समस्या हल कहाँ हुन्छ

तमासा पो देखाएर सधैँ आफैँ भुँडी भर्छौ
दुखी नाजुक हुँदा जनता खुसीको पल कहाँ हुन्छ ।।

प्रकाशन मिति : २०८२ बैशाख ७

 

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक २६, २०८२ मंगलबार 10 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 11 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 14 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 18 Views

गजल

  अषोज ११, २०८२ शनिबार 19 Views

गजल

  अषोज ११, २०८२ शनिबार 24 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

ताजा अपडेट
धेरै पढिएको

TOP