आइतबार २८ आषाढ २०८३

                                                                ✍️डिल्ली राज घिमिरे ( सङ्गम)

बहर हजज मुसम्मन सालिम
वजनः१२२२ १२२२ १२२२ १२२२

मिले नेता मुलुकभित्रै सधैँ हलचल कहाँ हुन्छ
स्वयम् आगो लगाएमा धरा शीतल कहाँ हुन्छ

कतै बाजा कतै नारा लडे योद्धा हजारौँनै
असल मान्छे हुँदा सङ्गम कली घायल कहाँ हुन्छ

ठुला नेता गरेका छन् वितण्डा राजधानीमा
अधम साथी भए घाती सभा छलफल कहाँ हुन्छ

अदालतकै थियो मुद्दा इलाकामा विचाराधीन
चुनौतीलाई पछिपारे समस्या हल कहाँ हुन्छ

तमासा पो देखाएर सधैँ आफैँ भुँडी भर्छौ
दुखी नाजुक हुँदा जनता खुसीको पल कहाँ हुन्छ ।।

प्रकाशन मिति : २०८२ बैशाख ७

 


Last Updated on: April 20th, 2025 at 11:47 am
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया