Trend
बिहिबार , माघ २, २०८२

                                                                                   के पी भुसाल ’अजस’

आत्मा कालो हुने मान्छे,देख्दैन सत्य साधक ।
कालो चश्मा खुबै हुन्छ,राम्रो हेर्न नित्य बाधक ।।

बसन्त ऋतुमा हेर , धर्ती सुन्दर बसाउँछ ।
कालो चश्मा लगाएमा, धब्बा मात्र बताउछ ।।

चर्मचक्षु सदा ज्ञानी, सत्यतथ्य बताउछ् ।
उपनेत्र लगाएमा, भ्रमजाल फिजाउछ ।।

कालोआँखा सधै सुन्दर्,मान्छेको रूप अङ्ग हो ।
दृष्टि झुट्टा हुदैहुन्न, मान्छेको सोंच नग्नहो ।।

मान्छेको देहमा हुन्छ, भित्री ज्ञान झनै दिगो ।
भित्री आँखा खुलेमात्रै, मनुष्य हो हुने ठुलो ।।

कालो आत्मा हुने मान्छे सक्दैन सत्य देखन ।
जन्मजात निचो बानी सुध्रन्न भित्र लोचन ।।

कालो खेती सदा उत्तम कालो बादल सधै शुभ ।
कालो सोंच सधै घाती कृष्णसर्प सदा विष ।।

कालो केश नयन् काला राम्रो सोभा जनाउछ् ।
कालो आत्मा सधै हेर,देह् जिउँदो जलाउछ ।।

मान्छेका भित्र पर्दाको, जानिसक्नु कहाँ छ र ।
नबुझेमा अधःज्ञानी, बुझेमा भवसागर ।।

डराएर समस्या ता, हुन्न हल कतै पनि ।
सङ्घर्ष गरदै गर्दा ,समाधान हुने छनी ।।

उपनेत्र सदा हुन्छन्, चर्मचक्षु उपासक ।
ठाउँ हेरि लिदा काम, हुनेहो सत्य साधक ।।

प्रबाशन मिति : २०८२ बैशाख १९

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ २, २०८२ बिहिबार 2 Views

सन्धिखर्क एफएमलाई शुभकामना

  पुष २७, २०८२ आइतबार 6 Views

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

  मंग्सिर ९, २०८२ सोमबार 32 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 43 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 37 Views

जागौं सबै सज्जन

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP