Trend

                                                                                   के पी भुसाल ’अजस’

आत्मा कालो हुने मान्छे,देख्दैन सत्य साधक ।
कालो चश्मा खुबै हुन्छ,राम्रो हेर्न नित्य बाधक ।।

बसन्त ऋतुमा हेर , धर्ती सुन्दर बसाउँछ ।
कालो चश्मा लगाएमा, धब्बा मात्र बताउछ ।।

चर्मचक्षु सदा ज्ञानी, सत्यतथ्य बताउछ् ।
उपनेत्र लगाएमा, भ्रमजाल फिजाउछ ।।

कालोआँखा सधै सुन्दर्,मान्छेको रूप अङ्ग हो ।
दृष्टि झुट्टा हुदैहुन्न, मान्छेको सोंच नग्नहो ।।

मान्छेको देहमा हुन्छ, भित्री ज्ञान झनै दिगो ।
भित्री आँखा खुलेमात्रै, मनुष्य हो हुने ठुलो ।।

कालो आत्मा हुने मान्छे सक्दैन सत्य देखन ।
जन्मजात निचो बानी सुध्रन्न भित्र लोचन ।।

कालो खेती सदा उत्तम कालो बादल सधै शुभ ।
कालो सोंच सधै घाती कृष्णसर्प सदा विष ।।

कालो केश नयन् काला राम्रो सोभा जनाउछ् ।
कालो आत्मा सधै हेर,देह् जिउँदो जलाउछ ।।

मान्छेका भित्र पर्दाको, जानिसक्नु कहाँ छ र ।
नबुझेमा अधःज्ञानी, बुझेमा भवसागर ।।

डराएर समस्या ता, हुन्न हल कतै पनि ।
सङ्घर्ष गरदै गर्दा ,समाधान हुने छनी ।।

उपनेत्र सदा हुन्छन्, चर्मचक्षु उपासक ।
ठाउँ हेरि लिदा काम, हुनेहो सत्य साधक ।।

प्रबाशन मिति : २०८२ बैशाख १९

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक १२, २०८२ मंगलबार 7 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 11 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 15 Views

गजल

  अषोज ११, २०८२ शनिबार 17 Views

गजल

  अषोज ११, २०८२ शनिबार 21 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

  भाद्र ७, २०८२ शनिबार 14 Views

शीर्षक– “चनमती“ (छन्द गजगति)

ताजा अपडेट
धेरै पढिएको

TOP