
श्याम घिमिरे
बैशाख २० अर्घाखाँची ,
अर्घाखाँचीमा भएको पालिकास्तरीय स्वः प्रकाश स्मृति कप भलिबल प्रतियोतिताको उपाधि सितगंगा नगरपालिकाले जितेको छ । आज सन्धिखर्कमा सम्पन्न फाईनल खेलमा पाणिनी गाउँपालिकालाई हराउँदै सितगंगा नगरपालिकाले उपाधि जितेको हो । यो संगै पाणिनी गाउँपालिका उपबिजेता बनेको छ । यस्तै आजै भएको अर्काे खेलमा सन्धिखर्क नगरपालिकालाइ हराउदै छत्रदेब गाउँपालिका तेस्रो बनेको छ ।

यसैबीच प्रतियोगितामा विजेता हुने टिमलाई एक कार्यक्रमका बिच एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालले नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रू ५० हजार, द्वतिय हुने टिमलाई ३० हजार, तेस्रो हुने टिमलाई २० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो ।
समापन कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिबनारायण कोइराला , सितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेल , पाणिनी गाँउपालिका अध्यक्ष टेकराज न्यौपाने ,मालारानीका गाउँपालिका अध्यक्ष दल बहादुर भटराई , अर्घाखाँची प्रहरी प्रमुख चक्र बहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रम नेपाल खेलकुद महासंघका अध्यक्ष हेनरी बस्नेतको अध्यक्षता र रन्जित परियारको सञ्चालनमा सम्पन्न भएको हो । मञ्जरी युवा क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिता बैशाख १८ गतेदेखि सुरुभएको हो । प्रतियोगितामा जिल्लाका ६ वटै स्थानियतहरुको सहभागिता रहेको बिक्रम नेपालीले जानकारी दिनुभयो ।