
श्याम घिमिरे
जेठ ११ सन्धिखर्क
त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि.सन्धिखर्क,२ अर्घाखाँचीले त्रिवेणी बाल समुहको गठन गरेको छ । गत बैशाख २७ गते संस्थामा आबद्ध बाल सदस्यहरुको भेलाले मोनिक खनालको अध्यक्षतामा ११ सदस्यीय बाल समुहको गठन गरेको हो । जसको उपाध्यक्षमा अंकित घिमिरे, सचिवमा प्रिया केसी र कोषाध्यक्षमा श्रीसा आचार्य चयन हुनुभएको छ । यस्तै समुहको सदस्यहरुमा लेनिन भट्टराइ,अभिशेक बन्जाडे, परिचय पुन, स्मृति खनाल,आषिस गैरे, एन्जल भुसाल र जिशन खनाल सर्बसम्मत चयन हुनुभएको सहकारीका व्यवस्थापक तुल्सी खनालले जानकारी दिनुभयो ।
यसैबिच नव गठित पदाधिकारी सहित सदस्यहरुलाइ सनिवार प्रमाणपत्र वितरण गरिएको छ । संस्थाको कार्यालय चुत्राबेसीमा एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरीएको संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेले बताउनुभयो । बालबालीकामा नेतृत्व विकाससंगै उनिहरुको चौतर्फी विकासकालागी बाल समुह गठन गरीएको संस्थाका सचिव नारायण प्रसाद भुसालले बताउनुभयो ।

प्रमाणपत्र वितरण कार्यक्रममा बालविकास उपसमिति संयोजक चोपनारायण बन्जाडे,बिशाल खनाल,माधवा घिमिरे भुसाल,चिरञ्जीवी भुसाल,पवित्रा सापकोटा, पुरन नेपाली,विमला पौडेललगायतको उपस्थिति रहेको थियो ।