Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे
जेठ २२ सन्धिखर्क

सुरक्षित विषादीको समुचित प्रयोग गरौ,आफु परिवार र उपभोक्ता स्वस्थ रहौं भन्ने मुख्य सन्देश सहित एक दिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रम बिहिवार सन्धिखर्कमा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालीका कृषि विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका सेवा निवृत्त वरीष्ठ माटो बिज्ञ इन्द्र बहादुर ओली र अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानका संयोजक डा. घनश्याम भण्डारीले रासायनिक मल, विषादी तथा हाइब्रिड बीउ प्रयोग एंव माटो परिक्षणलगायत बिभिन्न बिषयहरुमा कृषकलाइ सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले सन्धिखर्क नगरपालीका कृषकलाइ लक्षीतगरी गरेको यस प्रकारको कार्यले कृषको क्षतामा बिकास हुने भन्दै कृषक लक्षीत कार्यक्रमलाइ निरन्तरता दिन आग्रह गर्नुभयो ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सन्धिखर्क नगरपालीका भित्र रासायनिक मलको अत्याधिक प्रयोग रोक्न् र तरकारीमा राख्ने अधिक विषादीको रोकथाम संगै परीक्षणका लागि तत्कालै क्वारेन्टइन राख्ने बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठको अध्यक्षता कृषि विकास शाखा प्रमुख राजेन्द्र भट्टराइको स्वागत मनतब्य र वसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल,राजनितिकदलका प्रतिनिधि,बिभिन्न कार्यायका प्रतिनिधि,स्थानिय जनप्रतिनिधि, स्थानिय कृषक,सञ्चारकर्मीलगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । कार्यक्रमा सन्धिखर्क १२ को महिला नौमति बाजा सहित स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP