Trend
आइतबार , असार २९, २०८२

श्याम घिमिरे
जेठ २२ सन्धिखर्क

सुरक्षित विषादीको समुचित प्रयोग गरौ,आफु परिवार र उपभोक्ता स्वस्थ रहौं भन्ने मुख्य सन्देश सहित एक दिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रम बिहिवार सन्धिखर्कमा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालीका कृषि विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका सेवा निवृत्त वरीष्ठ माटो बिज्ञ इन्द्र बहादुर ओली र अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानका संयोजक डा. घनश्याम भण्डारीले रासायनिक मल, विषादी तथा हाइब्रिड बीउ प्रयोग एंव माटो परिक्षणलगायत बिभिन्न बिषयहरुमा कृषकलाइ सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले सन्धिखर्क नगरपालीका कृषकलाइ लक्षीतगरी गरेको यस प्रकारको कार्यले कृषको क्षतामा बिकास हुने भन्दै कृषक लक्षीत कार्यक्रमलाइ निरन्तरता दिन आग्रह गर्नुभयो ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सन्धिखर्क नगरपालीका भित्र रासायनिक मलको अत्याधिक प्रयोग रोक्न् र तरकारीमा राख्ने अधिक विषादीको रोकथाम संगै परीक्षणका लागि तत्कालै क्वारेन्टइन राख्ने बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठको अध्यक्षता कृषि विकास शाखा प्रमुख राजेन्द्र भट्टराइको स्वागत मनतब्य र वसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल,राजनितिकदलका प्रतिनिधि,बिभिन्न कार्यायका प्रतिनिधि,स्थानिय जनप्रतिनिधि, स्थानिय कृषक,सञ्चारकर्मीलगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । कार्यक्रमा सन्धिखर्क १२ को महिला नौमति बाजा सहित स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP