Trend

वसन्त विक्रम जिःसी वसन्तऋतु
भूमिकास्थान १० अर्घाखाँची –

गण iss iss iss iss

उनै दीप बाती उनै दिव्य ज्योति
उनै मूल्यवानी हिरा, रत्न, मोती
उनै प्राण दाता उनै प्राण हर्ता
सबै दृश्य देख्ने उनै एक द्रष्टा ।

बनौं राम नामी जपौं कृष्ण काले
भजौं शम्भु भोले अनेकौं कुराले
उनै जून तारा उनै ज्ञान गंगा
सबै माझ पुग्ने उनै एक द्रष्टा ।

उनै जन्मदाता उनै हुन् हितैषी
उनै अन्नदाता उनै घामपानी
बने जिन्दगीको उनै छत्रछाया
उनै नाथ हाम्रो उनै मोह माया ।

बने शान्ति मार्गी छरे भाव भक्ति
बने अग्नि ज्वाला उनै सर्वशक्ति
जहाँ जाँउँ साथै हुने सर्वव्यापी
उनै सान हाम्रो उनै शक्तिशाली ।

भजौंला खुसीले सदा देव नाम
पुगौं है सबैले यहीँ चार धाम
मुनाफा नखोजी बनौं कर्मयोगी
उनै एक साक्षी उनै मोक्ष मार्गी ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक १२, २०८२ मंगलबार 7 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 11 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 15 Views

गजल

  अषोज ११, २०८२ शनिबार 17 Views

गजल

  अषोज ११, २०८२ शनिबार 21 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

  भाद्र ७, २०८२ शनिबार 14 Views

शीर्षक– “चनमती“ (छन्द गजगति)

ताजा अपडेट
धेरै पढिएको

TOP