Trend

वसन्त विक्रम जिःसी वसन्तऋतु
भूमिकास्थान १० अर्घाखाँची –

गण iss iss iss iss

उनै दीप बाती उनै दिव्य ज्योति
उनै मूल्यवानी हिरा, रत्न, मोती
उनै प्राण दाता उनै प्राण हर्ता
सबै दृश्य देख्ने उनै एक द्रष्टा ।

बनौं राम नामी जपौं कृष्ण काले
भजौं शम्भु भोले अनेकौं कुराले
उनै जून तारा उनै ज्ञान गंगा
सबै माझ पुग्ने उनै एक द्रष्टा ।

उनै जन्मदाता उनै हुन् हितैषी
उनै अन्नदाता उनै घामपानी
बने जिन्दगीको उनै छत्रछाया
उनै नाथ हाम्रो उनै मोह माया ।

बने शान्ति मार्गी छरे भाव भक्ति
बने अग्नि ज्वाला उनै सर्वशक्ति
जहाँ जाँउँ साथै हुने सर्वव्यापी
उनै सान हाम्रो उनै शक्तिशाली ।

भजौंला खुसीले सदा देव नाम
पुगौं है सबैले यहीँ चार धाम
मुनाफा नखोजी बनौं कर्मयोगी
उनै एक साक्षी उनै मोक्ष मार्गी ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP