Trend

✍🏻 लक्ष्मी थापा भैरवी २ दैलेख –

तिम्रो, म बाट दूर हुने विचार थियो होला,
राक्षसी पन देखाई क्रूर हुने विचार थियो होला
यतिसम्म मनको विश्वासमा राखेकी हुँ, तिमीलाई
चुँडेर फूल मयूर हुने विचार थियो होला ।

तिमीले अन्तै दिल जोड्ने तयारीमा रहेछौ,
खै किन हो ? बाटो मोड्ने तयारीमा रहेछौ,
सम्झन्थेँ सँगै पाइला चालेर अघि बढउँला,
बिडम्बना मलाइ छोड्ने तयारीमा रहेछौ ।

कसैले फूल सम्झिन्छन् कसैले झार सम्झिन्छन्,
हामी भुइँ मान्छे न हो त्यसैले भार सम्झिन्छन्,
यो कलियुग हो मान्छे बेला बेला परिवर्तन हुन्छ हेर्नुस्,
त्यसैले त यहाँ शनिलाई पनि आइतबार सम्झिन्छन् ।

कसैलाई, सम्झेर पनि नसम्झे झैँ हुनुप¥यो आज,
अघात प्रेम गरेकै कारण बदलामा रुनुप¥यो आज ,
आकाशमा बादल लागेपछि हो पानी पर्ने सम्भावना,
प्रिय ! हिँजो बादल लागेकै कारण असिना छुनुप¥यो आज ।

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक १२, २०८२ मंगलबार 7 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 11 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 15 Views

गजल

  अषोज ११, २०८२ शनिबार 17 Views

गजल

  अषोज ११, २०८२ शनिबार 21 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

  भाद्र ७, २०८२ शनिबार 14 Views

शीर्षक– “चनमती“ (छन्द गजगति)

ताजा अपडेट
धेरै पढिएको

TOP