Trend
बुधबार , फागुण ६, २०८२

✍🏻 लक्ष्मी थापा भैरवी २ दैलेख –

तिम्रो, म बाट दूर हुने विचार थियो होला,
राक्षसी पन देखाई क्रूर हुने विचार थियो होला
यतिसम्म मनको विश्वासमा राखेकी हुँ, तिमीलाई
चुँडेर फूल मयूर हुने विचार थियो होला ।

तिमीले अन्तै दिल जोड्ने तयारीमा रहेछौ,
खै किन हो ? बाटो मोड्ने तयारीमा रहेछौ,
सम्झन्थेँ सँगै पाइला चालेर अघि बढउँला,
बिडम्बना मलाइ छोड्ने तयारीमा रहेछौ ।

कसैले फूल सम्झिन्छन् कसैले झार सम्झिन्छन्,
हामी भुइँ मान्छे न हो त्यसैले भार सम्झिन्छन्,
यो कलियुग हो मान्छे बेला बेला परिवर्तन हुन्छ हेर्नुस्,
त्यसैले त यहाँ शनिलाई पनि आइतबार सम्झिन्छन् ।

कसैलाई, सम्झेर पनि नसम्झे झैँ हुनुप¥यो आज,
अघात प्रेम गरेकै कारण बदलामा रुनुप¥यो आज ,
आकाशमा बादल लागेपछि हो पानी पर्ने सम्भावना,
प्रिय ! हिँजो बादल लागेकै कारण असिना छुनुप¥यो आज ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP