Trend
शुक्रबार , असार २७, २०८२

श्यााम घिमिरे
जेठ २५, २०८२ अर्घाखाँची –
“नेपालको वर्तमान आवश्यकता सर्वशुलभ गुणस्तरीय शिक्षाको सुनिश्चितता ” भन्ने मुख्य नाराका साथ अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको पाँचौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दे सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले सुर्य माबि गोखुङ्गामा कार्यरत शिक्षक रामकृष्ण घिमिरेकोे अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समितिको निर्बिरोध चयन गरेको छ । जसको उपाध्यक्षमा शिवहरी भट्टराई,महिला उपाध्यक्षमा शान्ता भट्टराई,सचिवमा रामप्रसाद खनाल, स-सचिवमा सुन्दरा थापा र कोषाध्यक्षमा विष्णु प्रसाद खनाल चयन हुनुभएको छ । यस्तै समितिको सदस्यमाहरु क्रमश : विष्णुप्रसाद बेल्वासे,सिला चुँदाली,जुमलाल खनाल,कविराम विक,वामदेव आचार्य,लक्ष्मी वेल्वासे,विरेन्द्र पौडेल,रामबहादुर थापा,रामलाल भुसाल,वावुराम खनाल र राधिका वेल्वासे रहनुभएको छ ।

त्यस्तै अधिवेसनले कृष्ण प्रसाद बन्जाडे,डिलबहादुर केसी र इन्द्रमणी भुसाललाइ केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ भने गोपाल आचार्य,निरज भट्टराई,थम्मन बिसी र हिमलाल खनाललाइ सल्लाहकार सदस्यमा चयन गरेको संघले जनाएको छ ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दे अखिल नेपाल शिक्षक संघका केन्द्रिय महासचिब चक्रपाणी पौडेलले शिक्षा निति र शैक्षिक ब्यवस्थापनमा समय सापेक्ष परिबर्तनको अभियानमा जुट्नुपर्ने भन्दै ब्यबहारीक, बैज्ञानीक र प्राबिधिक शिक्षा सहितको निःशुल्क,अनिबार्य, र गुणस्तरीय शिक्षाको सरकारले ग्यारेन्टी गर्नु पर्नेमा जोड दिनु भयो । शिक्षालाई स्रोतको रुपमा नहेरी दायीत्वको रुपमा लिनुपर्ने भन्दै पौडेलले समाज बदल्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा रहेकोले सोही अनुसार काम गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रमा भर्खरै शिक्षक पेसामा प्रवेश गरेका र बिभिन्न श्रेणीमा बढुवासंगै प्रअको जिम्मेवारी पाउने शिक्षकहरुलाइ बधाइ सहित स्वागत गरीएको थियो । कार्यक्रम संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता इन्द्रमणी भुसालको स्वागत मन्तब्य र शिवहरी भट्टराइको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

गजल

गजल

त्रिवेणी बाल समुह गठन,अध्यक्षमा मोनिक खनाल चयन


TOP