Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे, जेठ २८ सन्धिखर्क –

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा पत्रकार महासंघको संस्थागत क्षमता विकास सम्बधि दुईदिने क्षमता विकास कार्यक्रम आज (बुधवार) देखि सन्धिखर्कमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दे सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले राज्यका मुख्य अंगहरु कार्यपालीका,न्यायपालीका र व्यवस्थापिका पछिको चौथौ अंग सञ्चार जगत भएकोले चौथौ अंग क्रियाशिल नभए अन्य अंगहरु सक्रिय नहुने भन्दै सबैलाइ सहि बाटोमा हिडाउन चौथो अंग सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय प्रविधिको बिकाससंगै प्रविधिले थप चुनौति थपेको बताउदै भुसालले समय अनुसार परिमार्जित हुन पत्रकारहरुले पेसागत क्षमताको विकास गर्न जरुरी रहेको बताउनु भयो । भुसालले सञ्चार गृह र पत्रकारहरुको क्षमता विकासकालागी नगरपालीकाले सक्दो सहयोगगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष गणेश खनालको अध्यक्षता, उपाध्यक्ष रुद्रमणी भुसालको स्वागत मनतव्य र सचिव लक्ष्मण घिमिरेको सञ्चालनमा सुरु भएको कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, महासंघ लुम्बिनी प्रदेश सदस्य तथा पुर्ब जिल्ला अध्यक्ष हिम बहादुर जिसि लेकाली, महासंघका पुर्व जिल्ला अध्यक्ष शोभाखर पन्थी, निबर्तमान अध्यक्ष अशोक खनाल, प्रेस युनियन लुम्बिनि प्रदेश सचिव सुर्य प्रसाद भुसाल लगायतले शुभकामना मनतब्य व्यक्त गर्नुभएको थियो । भोलीसम्म सञ्चालन हुने कार्यक्रममा जिल्लामा क्रियाशिल झण्डै ३० जना पत्रकारहरुको सहभागीता रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP