Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे
अर्घाखाँची जेठ ३१ –

उच्च अदालत तुल्सिपुर बुटवल इजलासका मुख्य न्यायाधीश बासुदेव आचार्यले न्याय प्रणालीलाई जनमुखी बनाउँदै समाजका सबै वर्गसम्म न्याय पुर्याउने उद्देश्यले सञ्चालन गरिने ‘न्यायिक बाह्य पहुँच कार्यक्रम’ अत्यन्तै प्रभावकारी भएको बताउनुभएको छ । शनिबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित न्यायिक बाह्य पहुँच कार्यक्रममा मन्तव्य राख्दै आचार्यले यस्तो बताउनुभयो । न्यायलयमा जनताको विश्वास बढाउन यस्ता खाले कार्यक्रमहरू आवश्यक रहेको भन्दै मुख्य न्यायाधीश आचार्यले न्यायप्रणालीको सुधार, सेवाको प्रभावकारिता र नागरिकसंगको पहुँच सुनिश्चित गर्न सबै निकायहरूको सहकार्य आवश्यक रहेकोमा जोड समेत दिनुभयो ।

स्थानिय जनप्रतिनिधि ,सुरक्षा निकायका प्रमुख,पत्रकारलगायत अन्य सरोकारवाला निकायहरुको सहभागीता रहेको कार्यक्रममा विभिन्न कानूनी सहायता सम्बन्धी जानकारी, नागरिक अधिकारका पक्षमा छलफल, र निशुल्क कानूनी परामर्श सेवाहरूको बारेमा न्यायाधीस तेजेन्द्र प्रसाद शर्मा सापकोटाले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल,सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, अदालतका रजिष्टार यम प्रसाद बास्कोटा,उपरजिष्टार हरिगोपाल ज्ञवालीलगायतले मनतब्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 5 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP