
श्याम घिमिरे
अर्घाखाँची जेठ ३१ –
उच्च अदालत तुल्सिपुर बुटवल इजलासका मुख्य न्यायाधीश बासुदेव आचार्यले न्याय प्रणालीलाई जनमुखी बनाउँदै समाजका सबै वर्गसम्म न्याय पुर्याउने उद्देश्यले सञ्चालन गरिने ‘न्यायिक बाह्य पहुँच कार्यक्रम’ अत्यन्तै प्रभावकारी भएको बताउनुभएको छ । शनिबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित न्यायिक बाह्य पहुँच कार्यक्रममा मन्तव्य राख्दै आचार्यले यस्तो बताउनुभयो । न्यायलयमा जनताको विश्वास बढाउन यस्ता खाले कार्यक्रमहरू आवश्यक रहेको भन्दै मुख्य न्यायाधीश आचार्यले न्यायप्रणालीको सुधार, सेवाको प्रभावकारिता र नागरिकसंगको पहुँच सुनिश्चित गर्न सबै निकायहरूको सहकार्य आवश्यक रहेकोमा जोड समेत दिनुभयो ।

स्थानिय जनप्रतिनिधि ,सुरक्षा निकायका प्रमुख,पत्रकारलगायत अन्य सरोकारवाला निकायहरुको सहभागीता रहेको कार्यक्रममा विभिन्न कानूनी सहायता सम्बन्धी जानकारी, नागरिक अधिकारका पक्षमा छलफल, र निशुल्क कानूनी परामर्श सेवाहरूको बारेमा न्यायाधीस तेजेन्द्र प्रसाद शर्मा सापकोटाले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल,सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, अदालतका रजिष्टार यम प्रसाद बास्कोटा,उपरजिष्टार हरिगोपाल ज्ञवालीलगायतले मनतब्य राख्नुभएको थियो ।