Trend
मंगलबार , असार १७, २०८२

श्याम घिमिरे
असार ६, अर्घाखाँची –

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको फेरि भेटौला (बिदाई ) कार्यक्रम सम्पन्न गरेको छ । दुई महिना अघि मात्र प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँची आउनु भएका प्रजिअ खरेलको शुक्रवार एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।

विदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले छोटो अवधिको जिल्ला बसाई राम्रो रहेको भन्दै कामको सिलशिलामा जिल्लाका धेरै ठाउँमा घुम्ने अबसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । खरेलले जिल्ला बस्दा सबैबाट साथ सहयोग र समन्वय भएको भन्दै सकरात्मक र रचनात्मक क्रियाकलाप गर्ने कर्मचारी मिलन केन्द्र अर्घाखाँचीलाई बधाई सहित शुभकामना पनि व्यक्त गर्नुभयो ।

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीका अध्यक्ष दुर्गा न्यौपानेको अध्यक्षता र सचीव गणेश राज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृतन खिमानन्द भुसाल, सेनानी उत्तम गिरी, नुमलाल पन्थी, मुक्ति खनाल,रामजी प्रसाद भट्टराइ लगायत मिलन केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रजिअ खरेलको हिजो मात्र गृह मन्त्रालयमा सरुवा भएको हो । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा गोपाल प्रसाद अर्याल आउने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कालो चश्मा – (अनुष्टुप् छन्द)

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

सन्धिखर्कमा साईबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

स्वः प्रकाश स्मृति कप भलिबल प्रतियोगिताको उपाधि सितगंगालाइ

आमाको पटुका ( गद्य कविता )

अर्घा, मसुरपाटा ( गद्य कविता )


TOP