Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे
असार ६, अर्घाखाँची –

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको फेरि भेटौला (बिदाई ) कार्यक्रम सम्पन्न गरेको छ । दुई महिना अघि मात्र प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँची आउनु भएका प्रजिअ खरेलको शुक्रवार एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।

विदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले छोटो अवधिको जिल्ला बसाई राम्रो रहेको भन्दै कामको सिलशिलामा जिल्लाका धेरै ठाउँमा घुम्ने अबसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । खरेलले जिल्ला बस्दा सबैबाट साथ सहयोग र समन्वय भएको भन्दै सकरात्मक र रचनात्मक क्रियाकलाप गर्ने कर्मचारी मिलन केन्द्र अर्घाखाँचीलाई बधाई सहित शुभकामना पनि व्यक्त गर्नुभयो ।

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीका अध्यक्ष दुर्गा न्यौपानेको अध्यक्षता र सचीव गणेश राज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृतन खिमानन्द भुसाल, सेनानी उत्तम गिरी, नुमलाल पन्थी, मुक्ति खनाल,रामजी प्रसाद भट्टराइ लगायत मिलन केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रजिअ खरेलको हिजो मात्र गृह मन्त्रालयमा सरुवा भएको हो । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा गोपाल प्रसाद अर्याल आउने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP