Trend
बिहिबार , असार २६, २०८२

                                                                               के पी भुसाल ’अजस’

नेपाली मुनि नेपाली भूमि विश्वमा महान,
आ है विश्वमा महान,
पूर्खाको गौरव भुलेर आज हुदैछौं अजान ।
आ है हुदैछौं अजान,
मु्ट्ठीभर् जाली मिलेर खाँदै विहाल बनाए,
आ है विहाल बनाए,
यो पुण्यभूमी बन्जर भयो झोलेले सघाए,
आ है झोलेले सघाए ।।

लुटेर खाए पसिना धेँरै नेपाल भूमिको,
आ है यो जन्मभूमिक
भएन कैले निकास केही गरिव दुखीको
आ है गरिव दुखीको ।
ठूला र ठालु पालन सधैँ जन्ताला कहर,
आ है जन्ताला कहर,
ठालुका दाश नमान्ने लाज झोले हुन् जहर,
आ है जन्ताका जहर ।।

उद्योगधन्दा बेचेर खाए, खाँदैछन् नदिनि,
जन्ताले कुरा बुझिनै सके, झोलेहुन् नबुझ्नि ।
राष्ट्रका नायक भएनन् कोही,हुन् सबै दलका,
झोलेहुन् ठूला हलाहल विष,जन्ता र राष्ट्रका ।।

चुनाव आए गाउँघर् डुल्ने,जुका यी खोले हुन्,
घातीका कुरा लिएर डुल्ने अधर्मि झोलेहुन् ।
ढुकुटी लुट्दै बाँडेर खाँने, देशका भमरा,
भमरालाई दिदैछन् बुता,झोले झन् कचरा ।।

झोलेको झोला हुँदैन खाली, हेरेपो थाहुन्छ,
खोलेर हेर्दा विषका पोका, कनिका भेटिन्छ ।
कनिका छर्दै झुपडी पुग्ने, झोलेको जातहो,
विषाक्त चारो टिपेर भुल्ने, त्योराष्ट्र घातीहो ।।

झोलेले बाँड्ने दारु र मासु, भोटको मोलहो,
यसैमा आफ्नो मतनै बेच्नु, महान भुलहो ।
नेपाली हामी वीरका साख, छशान पुर्खाको,
त्यागौंन झोले कल्याण हुन्छ,यो मातृ भूमिको ।।

प्रकाशन मिति : २०८२ असार २३

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ २४, २०८२ शुक्रबार 21 Views

झोले र चम्चा – (शार्दुविक्रीडित छन्द)

  जेठ २४, २०८२ शुक्रबार 22 Views

गजल

  जेठ २४, २०८२ शुक्रबार 16 Views

मुक्तक

  जेठ २४, २०८२ शुक्रबार 18 Views

वन्दना कविता (भुजङ्गप्रयात)

  जेठ २४, २०८२ शुक्रबार 17 Views

गजल

  जेठ १५, २०८२ बुधबार 22 Views

प्रजातन्त्र –(लोकगीत )

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

गजल

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

प्युठानकाे जस्पुर बजारमा सुविधा सम्पन्न ‘त्रिदेव प्यालेस’ संचालन

त्रिवेणी बाल समुह गठन,अध्यक्षमा मोनिक खनाल चयन


TOP