Trend
बिहिबार , माघ २, २०८२

                                                                       के पी भुसाल ’अजस’
दाजुभाइ दिदीबैनी मन्को कुरा गर्छु,
सर्पदंस बारे मैले केही कुरा भन्छु ।
वर्षायाम गर्मी बढ्छ जमिन् भित्र तात्छ,
सर्प पनि जताततै देखिने नै गर्छ ।।

संसारमा धेरैजाति सर्प मिल्ने गर्छन्,
यिनै मध्ये थोरैजाति विषालुमा पर्छन् ।
केही जाति सर्प हेर नेपालमा हुन्छन्,
यिनै मध्ये थोरै जाति विषालु नै हुन्छन् ।।

सर्पदंस बाट बच्न जोगिनु नै पर्छ,
काम गर्दा यदाकदा डसी पनि हाल्छ,
सर्पदंस भयोभने कुरा बुझ्नु पर्छ,
लापर्बाही भयोभने ज्यानै जोखिम हुन्छ ।।

सर्पदंस विरामीको ख्याल गर्नु पर्छ,
धैर्य लिए छिटो गरे संकट पनि टर्छ ।
झारफुक गर्ने हैन बाँध्ने कस्ने हैन,
घाउ छुने जान्ने भई खाँन दिने हैन ।।

जति सको डाक्टर भेट्न छिटो गर्नु पर्छ,
सर्पदंस उपचार केन्द्र पुग्नै पर्छ,
जो जो हुन्छ नजिकमा चाँसो लिनु पर्छ,
मानव धर्म यैहो भनी सेवा दिनु पर्छ ।।

फेरि भन्छु विन्ती गर्छु खाँन केही हुन्न,
डाक्टर भेट्न सेकेन पनि ढिलो गर्न हुन्न ।
माछा मासु गोरस खाए झनै संकट बढ्छ ।
सुरक्षित ठाउँमा पुग्दा पूर्ण निको हुन्छ ।।

सबै कुरा डाक्टरको गर्नु पर्छ भर,
लक्षणको आधारमा हुन्छ उपचार,
डस्ने सर्प कस्तो थियो ,ख्याल गर्नु पर्छ,
झ्याप्प खोली मोबाइल फोटो लिनु पर्छ ।।

गोमन करेत भाइपर जाति यस्तै यस्तै अनि,
विषालुमा पर्छन् धेरै अरू नाग पनि ।
सफासुग्घर गर्नु पर्छ जोखिम कमी हुन्छ,
न्याउरीमुसा देखि पनि सर्प टाढा बस्छ ।।

शत्रु मात्र हैन सर्प फाइदा पनि गर्छ,
प्रयावरण जोगाउन यस्ले मदत गर्छ ।
दोष मात्र हैन यस्का गुण पनि बुझौं,
फगतमा हान्ने हैन संरक्षण गरौं ।।

प्रकाशन मिति :२०८२ साउन १६

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ २, २०८२ बिहिबार 2 Views

सन्धिखर्क एफएमलाई शुभकामना

  पुष २७, २०८२ आइतबार 6 Views

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

  मंग्सिर ९, २०८२ सोमबार 32 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 43 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 37 Views

जागौं सबै सज्जन

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह


TOP