Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे
साउन २२, अर्घाखाँची –

जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीले आ.व. २०८१/८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम बिहिवार सन्धिखर्कमा सम्पन्न गरेको छ । कार्यक्रममा सम्पन्न परियोजना, बजेट खर्चको अवस्था, र आगामी वर्षका प्राथमिकताबारे छलफल भएको थियो । कार्यक्रम बोल्दै जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर भेषराज भुसालले आर्थिक वर्ष २०८१/८२ मा ९७ दशमलव ९९ प्रतिशत भौतिक प्रगति र ८६ दशमलव १५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिनुभयो । भुसालले यसबर्ष देखि असारे विकासलाइ रोक्ने प्रयास गरिएको भन्दै आफ्नो कार्यालयले समयमै काम सम्पन्न गरेको दाबी गर्नुभयो । उहाँले अन्य कार्यालय भन्दा माथी उठेर आफुहरुले काम गरेकोपनि बताउनुभयो ।

जिल्लामा ८ हजार ५ सय ४४ हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुगेको, २६ हजार १ सय १३ हेक्टर खेतीयोग्य जमिनमध्ये २१ हजार २ सय ४७ हेक्टरमा खेती हुँदै आएको, ३ हजार १ सय १८ हेक्टरमा बाह्रैमास सिँचाइ सुविधा पुगेको साथै ५ हजार ४ सय २६ हेक्टरमा मौसमी सिचाइ सुविधा उपलब्ध रहेको भन्दै भुसालले बाँकी जमिनमा बसाइँसराई, जंगली वन्यजन्तु तथा अन्य विविध कारणले खेती हुन सकेको बताउनुभयो ।

आ.व.२०८०÷८१ मा प्राप्त १७ करोड ८० लाख ७८ हजार रुपैयाँको बजेटमध्ये १५ करोड ३४ लाख ६ हजार रुपैयाँ अर्थात् ८६ दशमलव १५ प्रतिशत खर्च भएको र गत वर्ष सञ्चालन भएका १३३ वटा सिंचाइ योजनामध्ये १२३ योजनाहरु सम्पन्न भएको बताउदै भुसालले २ वटा योजनाहरु बहुवर्षीय रहेका र ८ वटा योजनाहरु कार्यान्वयनमा जान नसकेको बताउनुभयो ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयबाट ८६ वटा बाँध निर्माण, १५ दशमलव ८७ किमि पक्की कुलो निर्माण, ४ वटा पोखरी निर्माण, १९ हेक्टरमा थप सिंचाइ सुविधा विस्तार, ३ सय ९० हेक्टरमा सिंचाइ सुदृढीकरण, १ दशमलव ०१ किमि तटबन्ध, ४ दशमलव ३५ हेक्टर जमिन उकास, ३७ घर र ६१ हेक्टर जमिन सुरक्षित गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले सिंचाइको विकास बिना कृषक सफल हुन नसक्ने र खेतबारीमा खेतीगर्न गाह्रो हुने भएकाले सबै तहका सरकारले सिंचाइ योजनाको निर्माणमा विशेष ध्यानदिनुपर्नेमा जोड दिनुभयो ।

शीतगंगा नगर प्रमुख छविलाल पौडेलले कार्यालयले गरेको कामको मुक्तकण्ठले प्रसंशा गर्दे आगामी दिनमा अझबढी प्रभावकारी रुपमा कामगर्न सुझाव दिनुभयो । भूमिकास्थान नगरप्रम्रमुख झविलाल थापाले कार्यालयले गरेको काम र यसवाट भएको प्रभावबारे जिज्ञासा राख्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले कृषिजन्य वस्तुको उत्पादन विना आर्थिक समृद्धि सम्भव नहुने बताउदै कृषकलाई सम्मान गर्न र कृषि पेशाप्रति समाजको दृष्टिकोण परिवर्तन गर्न आग्रह गर्नुभयो । अर्यालले कार्यालयको कामलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन जोड दिनुभयो ।

कार्यक्रममा बोल्ने सहभागीहरुले रचनात्मक सुझाव र जिज्ञासा सहित कार्यालयले गरेको कामप्रति प्रशंसा व्यक्त गरेका थिए । सहभागीहरूले चुनौती समाधान र दीर्घकालीन स्थायित्वमा जोड दिँदै आगामी वर्ष अझ प्रभावकारी सेवा दिन सुझाव समेत दिएका थिए ।

बिभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, निर्माण व्यवसायी, उपभोक्ता समितिका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको कार्यक्रम कार्यालयका प्राविधिक अधिकृत एवं सूचना अधिकारी रामजी भट्टराईको सञ्चालन र लेखापाल शिवहरी खनालको स्वागत मनतब्यमा सम्पन्न भएको हो । कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने निर्माण व्यवसायी र उपभोक्ता समूहलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP