मंगलबार ३० आषाढ २०८३

✍️डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची

बहर मुतकारिब मुसम्मन सालिम
अर्कान फऊलुन् ×४
वजन १२२ १२२ १२२ १२२

मुलुकभित्र हामी मिलेमा भँगेरी
त्यहीँ बन्छ राम्रो सिनेमा भँगेरी

दिँदा पुष्प मैले विभूषित हुनेछौ
वचन सिद्ध गर्दै बुझेमा भँगेरी

निनादी निकल्दा त्यहीँ हुन्छ प्रेम
नयनसँग नयन यी जुधेमा भँगेरी

लडेपनि जमिनमा स्वयम् हुन्छु हर्षित
मिलनसार माया दिएमा भँगेरी

सधैँ लट्ठ पारी अझै कागलेझैँ
के होला अधर खुद ठुगेमा भँगेरी।

प्रकाशन मिति :२०८२ साउन २३


Last Updated on: August 8th, 2025 at 9:27 pm
११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया