Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे
साउन २३ सन्धिखर्क-
सन्धिखर्कमा रहेको नेपाली सेनाको वीर भद्रजंग गुल्मले विपद् पुर्व तयारी तथा प्रतिकार्य सम्बन्धी प्रशिक्षण एवं चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको सन्धिखर्क नगरपालीका २ चुत्रावेसीमा रहेको सन्धिखर्क ग्रीन इङ्लिस बोर्डिङ्ग स्कुलमा सुक्रवार भएको कार्यक्रममा वीरभद्र जंग गुल्म अर्घाखाँचीका सेनानी रिक्की पाण्डे सहितको टिमले बाढी पहिरो, आगलागी, भूकम्पलगायतका विपद् घटनामा कसरी बच्ने र समुदाय स्तरमा कसरी कामगर्ने भन्ने बारेमा अध्यास सहित प्रशिक्षण प्रदान गर्नुभएको बिद्यालयका सहायक प्रिन्सिपल नारायण भुसालले बताउनुभयो ।

कार्यक्रममा विपद्को बेलामा उद्धार गर्न प्रयोग गरीने विभिन्न सामग्रीहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको सेनानी पाण्डेले बताउनुभयो । विपद् प्रतिकार्य योजना कार्यक्रममा वीरभद्र गुल्म अर्घाखाँचीका सेनानी पाण्डे सहित बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसाल, प्रिन्सिपल टेकबहादुर थापा, शिक्षक,अभिभावक, विद्यार्थी एवं पत्रकारको सहभागिता रहेको थियो ।

बिद्यालयले बिभिन्न समयमा सबैखाले रचनात्मक एवं सचेतनामूलक कार्यहरु गर्दे आइ रहेको बिद्यालयका प्रिन्सिपल थापाको भनाइ रहेको छ । अहिले बिद्यालयमा नेपाली सेनाले एनसिसी तालीमपनि सञ्चालन गर्दे आइरहेको छ । जसमा ३० जना छात्रछात्राहरु सहभागी रहेको बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP