
२०८२ साउन २७ अर्घाखाँची – अर्घाखाँची जिल्लामा क्रियाशिल राजनितिक दलहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा रहेको संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रुपन्देहीमा स्थानान्तरण गर्न लागेको भन्दै दलहरुले प्रजिअ मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । जिल्लामा रहेका क्रियाशिल राजनितिक दलका प्रतिनिधिहरुको हस्ताक्षर र पार्टीको आधिकारिक छाप लगाएर ज्ञापनपत्र बुझाइएको हो । दलहरुले खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँची जिल्लाबाट स्थानान्तरण गर्ने कार्य तत्काल नरोकिए कडा आन्दोलनमा उत्रने चेतावनि समेत दिएका छन् ।
