Trend
बिहिबार , माघ २, २०८२

के पी भुसाल ’अजस’

विकासका लहरले गाउँ बस्ती ढाक्दै छ,
दिनदिनै मान्छे धेरै बसाइ् सर्दैछ ।
बाटो पानी विजुली ता पुगि सक्यो टोल् टोल,
राम्रा राम्रा भवन् पनि बने स्कूल ।

पढ्न लेख्न टाठालाई विदेशकै रहर,
वेरोज्गार जानैपर्ने भयो कहर ।।
नेपालीका छोराछोरी विदेशमा हुर्किए,
गाउँघरका स्कूलमा ताला झुण्डिए ।

बाह्रकक्षा सम्म पढ्ने नेपालीको बाध्यता,
वी ए एम ए पढ्ने अरे विदेश् अबता ।
स्वदेशमा रोजगारका औसर् केही भएन,
युवालाई विदेश् नगै कामै चलेन ।

बृध्दबृध्दा बाबुआमा सेवा गर्न छाडेर,
जान्छन् छोरा प्रदेशमा वाध्य भएर ।
सन्तानला घरै राख्ने हुन्न कस्को रहर,
बिदा गर्छन् छोराछोरी मुटु मिचेर ।

छोरो थाल्छ खाडी मुलुक् बेल्चा गैटी समाउ्न,
बुहारीको सनक् चढ्छ शहर् पसन ।
छोराछोरी बोर्डिङ् स्कूल पढाउने निउमा,
शहर् पस्छन् बुहारीता कुरा गर्दैमा ।

कमाइ गर्छन् खाडीमा पचास साठ्ठी हजार,
तर हुन्छ श्रीमतीको शानै फरक ।
प्रदेशीले खाँन्छन् खाँना भुजा नुन मेलामा,
श्रीमतीको डेलीसर्विस् ब्युटीपार्लरमा ।।

गर्छन् काम प्रदेशीले रातदिन खटेर,
श्रीमतीले गर्छिन् मोज शहर पसेर ।
बाबुआमा भन्छन् रुँदै छोरा तिमी घर आऊ,
श्रीमतीले भन्छिन् सधै पैसा पठाऊ ।।

वित्यो जुनी प्रदेशमा होलाकिको आसमा ।
के को इच्छा पूरा हुन्थे कलियुगमा ।।
काम गर्ने जोसजाँगर प्रदेशमै सकेर ।
आउ्छन् घर प्रदेशीले रोग बोकेर ।।

होलाकिको आस भने प्रदेशीको मरेन ।
जति प्रदेश् बसे पनि घर सुध्रेन ।।
घरजम् राम्रो होला भन्दै पसिना बगायो ।
दश वर्षमा आउदा घर बासै हरायो ।।

बाबुआमा बृध्दाश्रममा छोराछोरी मावली ।
पराइ संग साथ लागिन् छैनन् दामली ।।
पुख्र्यौलीका बारी खेत बन्धकी र बाँझा छन् ।
प्रदेशीका जिन्दगी कतै यस्तै छन् ।।

गरिखाँने युवा शक्ति स्वदेशमा बसेन ।
मुट्ठीभरले पसिनामा गरे चयन ।।
उद्योगधन्दा बेचि खाए यो देशका नायक ।
लुछाचुँडी गर्छन् खाँन छैन विवेक ।।

दाजुभाइ दिदीबैनी कुरा अव बुझौंन ।
भ्रष्ट जाली हटाइ सबै अघि बढौंन ।।
युवालाई रोजगार दिनुपर्छ निकास ।
तवमात्र नेपालको हुन्छ विकास ।।

प्रकाशन मिति : २०८२ साउन २८

 

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ २, २०८२ बिहिबार 2 Views

सन्धिखर्क एफएमलाई शुभकामना

  पुष २७, २०८२ आइतबार 6 Views

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

  मंग्सिर ९, २०८२ सोमबार 32 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 43 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 37 Views

जागौं सबै सज्जन

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP