Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे,
साउन २८ अर्घाखाँची –

अर्घाखाँचीमा भैसीलाई निर्ममता पूर्वक यातना दिई ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वडानं.२ घोचाखोलाबाट मंगलवार प्रहरीले भैँसी बोकेको लु.१ च.३८२६ नम्वरको सिंगल क्यावको बोलेरो जीप सहित चालक र सहचालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवं सुचना अधिकारी झलकप्रसाद शर्माले बताउनुभयो । पक्राउ पर्नेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडानं.६ का सरोज पौडेल र रोल्पाको लुङ्ग्री गाउँपालिका–२ घर भएका क्रिस बाँनिया रहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।

धारापानीबाट सदरमुकाम सन्धिखर्क हुदै बुटवलतर्फ लैजान लागेको अबस्थामा जीपमा ४ वटा भैँसीलाई निर्ममता पूर्वक यातना दिई सानो ठाँउमा अटाइ नअटाइ निर्दयी तथा क्रूर व्यवहार गरि राखेको भेटिएकोले उनिहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताउनुभयो । पक्राउ परेका दुबैलाइ नियन्त्रणमा लिई मुलुकी अपराध संहिता–२०७४ बमोजिम पशुपंक्षी सम्बन्धी कसूर मुद्दामा म्याद लिई थप अनुसन्धानका लागी हिरासतमा राखिएको प्रहरी प्रमुख मल्ले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP