Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे
२०८२ साउन ३० अर्घाखाँची ।
गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाज, अर्घाखाँचीको आयोजनामा तीज मिलन तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । समाजका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा उपस्थित महिलाहरूले तीजका पारम्परिक गीत, नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए । दर खानुका साथै आपसमा भेटघाट, खुसीको साझेदारी र शुभकामना आदान–प्रदान गरेर पर्वको उल्लासपूर्ण वातावरण सृजना गरिएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे मालारानी गाउँपालीका वडानं.९ गोखुङ्गाका वडाध्यक्ष महेन्द्रबाबु खनालले हरितालिका तीजले महिलाबीचको आत्मीयता, पारिवारिक एकता र सामाजिक सद्भावलाई मजबुत बनाउने उल्लेख गर्दै यस किसिमका कार्यक्रमहरूले संस्कृति संरक्षणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । खनालले जन्मथलोबाट बिभिन्न कारणले सहर पसेपनि गाउँघर र जन्मथलोको माया र सम्झनाप्रति समाजले देखाएको भूमिकाले आफु खुसि भएको बताए । खनालले समाजले गर्ने हरेक गतिबिधिमा सक्दो सहयोग गर्ने प्रतिबद्धतापनि व्यक्त गरे ।

कार्यक्रममा समाजले हालसम्म गरेका गतिबिधि,भावी कार्यक्रम तथा योजनाको बारेमा समाजका संस्थापक अध्यक्ष एवं संरक्षक श्याम घिमिरेले प्रकास पारेका थिए । समाजका अध्यक्ष टिकामाया शर्मा क्षेत्रीको अध्यक्षता,उपाध्यक्ष तुल्सीराम पन्थीको स्वागत मनतब्य र सचिब बिशाल खनाललको संचालनमा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकारद्धय कमल प्रसाद घिमिरे र पदम क्षेत्रीले शुभकामना मनतब्य राखेका थिए ।

गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाजले यसअघि पनि विभिन्न सामाजिक, सांस्कृतिक र सहयोगमूलक कार्यक्रम गर्दै आएको समाजको कोषाध्यक्ष कमल खनालले बताए । यसपटकको तीज मिलन तथा दर खाने कार्यक्रम समाजका सदस्यबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउन सफल भएको आयोजकले जनाएका छन् । तीज मिलन कार्यक्रममार्फत समाजले सदस्यबीचको आत्मीयता अभिवृद्धि गर्नुका साथै परम्परा र संस्कृतिको संरक्षणमा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP