Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे, भदौ ५ अर्घाखाँची । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीले तीजको अवसर पारेर तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम बिहिबार सन्धिखर्कमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्वर भुसालले तीजलाई केवल मनोरञ्जनको पर्व मात्र नभई महिलाहरुको एकता, सहकार्य र सशक्तीकरणसंग जोड्नुपर्ने बताउनुभयो ।

भुसालले तिज पर्व महिला अधिकार, समानता र सामाजिक परिवर्तनका विषयहरुमा प्रत्यक्ष रुपमा जोडिएको भन्दै तीजलाई महिलाको साझा पर्वका रूपमा अघि बढाउन आग्रह गर्नुभयो । यस्ता खाले कार्यक्रमले लैङ्गिक समानता, सामाजिक एकता र महिला सशक्तीकरणमा योगदान पु¥याउने भन्दै भुसालले तिजको नाममा बिकृति फैलाउन नहुनेमापनि सचेत गराउनु भयो ।

अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य विष्णुमाया आचार्यले पार्टीलाइ बलीयो वनाउन महिलाहरुको उल्लेखनिय भूमिका रहेको बताउनुभयो । आचार्यले तिजले समाज परिवर्तनको सन्देश दिनुपर्नेमा जोड समेत दिनुभयो ।

संघका जिल्ला अध्यक्ष दिपा आचार्यको अध्यक्षता सचिव सरस्वती खनालको सञ्चालन र उपाध्यक्ष राधिका गैरेको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा संघका केन्द्रदेखि स्थानीय तहसम्मका पदाधिकारी, विभिन्न क्षेत्रका महिलाहरूलगायत पार्टीका नेताहरुकोे उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिलाहरूले तीजको भाकामा गीत तथा नृत्य समेत प्रस्तुति दिएका थिए । कार्यक्रममा चारसय भन्दा धेरै महिलाहरुको उपस्थिति रहेको संघकी जिल्ला अध्यक्ष आचार्यले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP