Trend

 

दुर्गा क्षेत्री

भयो देश खोक्रो हिजोआज हाम्रो
कहाँ हुन्छ नेताहरूको नराम्रो
लडौँ भन्न थाल्दै दिए लाख मन्त्र
पुग्यो मृत्युशय्यातिरै लोकतन्त्र

यहाँ देश बोकेर हिँड्दै छु साथी
तिनैले मलाई भने भन्न घाती
जवानी सकेँ देश सम्झेर मात्र
पुग्यो मृत्युशय्यातिरै लोकतन्त्र

सके कारखाना नदी सक्न थाले
गरी झूट खेती अझै टिक्न थाले
भयो देश मेरो सधैँ यत्रतत्र
पुग्यो मृत्युशय्यातिरै लोकतन्त्र

मिले खान ब्वाँसाहरू भित्रभित्रै
प्रजातन्त्र आयो भयो झन् विचित्रै
बिलो पाउँदैनन् नमिल्दा त नत्र
पुग्यो मृत्युुशय्यातिरै लोकतन्त्र

सहेको छु मैले सधैं चोट मात्र
भयो द्वन्द्व ठूलो तिनै हुन् नि पात्र
सधैँ राज तिन्ले गरे एकछत्र
पुग्यो मृत्युुशय्यातिरै लोकतन्त्र

सके मित्र सुस्ता अझै के सकिन्छ
अझै हेर्न बाँकी छ देशै लुटिन्छ
झिकाए फटाहा पठाएर पत्र
पुग्यो मृत्युुशय्यातिरै लोकतन्त्र ।।

प्रकाशन मिति : २०८२ भदौ ७

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज ११, २०८२ शनिबार 5 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 9 Views

गजल

  अषोज ११, २०८२ शनिबार 10 Views

गजल

  अषोज ११, २०८२ शनिबार 11 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

  भाद्र ७, २०८२ शनिबार 10 Views

शीर्षक– “चनमती“ (छन्द गजगति)

  भाद्र ७, २०८२ शनिबार 11 Views

शिक्षक म – (छ्न्द शार्दूलविक्रीडित)

ताजा अपडेट
धेरै पढिएको

TOP