Trend
बुधबार , फागुण ६, २०८२

वसन्त विक्रम जिःसी , वसन्तऋतु
भूमिकास्थान १० अर्घाखाची –

गरी प्रपञ्च दुष्टले अनेक जाल बुन्दछ
धरेर साधु भेष ऊ हजार ताल खेल्दछ
प्रभाव पार्छ तथ्यमा झनै विषाक्त सोचले
घुसेर बन्द कोठरी दुराग्रही स्वभावले ।

कुनै हुँदैन योजना विशाल हुन्छ गर्जन
मिठासपूर्ण शब्दले समाज भाड्छ दुर्जन
विभेदका कुरा गरी समाजको विखण्डन
गर्यो कुरा विकासको झनै थपेर उल्झन

न भिन्नता स्वभावमा न भिन्नता विचारमा
भए नि भिन्न रूपमा दुरुस्त छन् कुकर्ममा
छरेर भ्रान्ति राष्ट्रमा युवा उराल्छ भ्रष्टले
युवाहरू सँगै भए छुदैन अस्त्र,शस्त्रले ।

न बोध दण्ड,भेदको न शोक नै छ राष्ट्रको
नितान्त हुन्छ सोचमा सदैव बन्धुवर्गको
हुँदैन शब्दले यहाँ बखान स्वामिभक्तको
भए नी नीति भ्रष्ट ऊ छ साथ अन्धभक्तको ।

भुल्यो सबै परम्परा तथा स्वधर्म संस्कृति
हिसाब छैन पापको कुनै रहेन सत्कृति
थिचोमिचो अशक्तको र चाप्लुसी सशक्तको
लुछाचुँडी र धूर्तता यही त राजनीति हो ।

प्रकाशन मिति : २०८२ असोज ११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP