Trend
बुधबार , फागुण ६, २०८२

कात्तिक ११, २०८२ – देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भएको हो । आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा मध्यम हिमपात र वर्षा तथा बाँकी तराईका एक/दुई ठाउँमाा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा ठूलो हिमपात र वर्षाको पनि सम्भावना रहेको छ । यस्तै राति गण्डकी प्रदेशका केही ठाउँहरुमा, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा राति पनि ठूलो हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो । शुक्रवारसम्म नै वर्षा र हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यसैबीच मुस्ताङ प्रशासनले जिल्लाका पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ । मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा याकखर्क क्षेत्र, मनाङ–मुस्ताङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरुमा हिमपात हुन सक्ने भन्दै प्रशासनले पदयात्रा नगर्न भनेको हो । पर्यटक तथा तीर्थयात्रीहरुलाई मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत प्रशासनले अनुरोध गरेको छ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP