Trend

के पी भुसाल ’अजस’ –

कैयौं खाक भए धरोहर ठुला नेपालका सम्पति,
सारै भो इतिहासमा युगयुगौं भुल्नै नसक्ने क्षति ।
जेन्जी बालहरू सफा हृदयले,खोज्दै थिए न्यायपो,
जस्ले घात गरे घुसेर भिडमा,पापी र दोषी न हो ।।

केही नष्ट भए जले महलजो,होलान् खडा क्वै दिन,
पूर्खाकै अभिलेखमा क्षति भए,मिल्ने कहाँ यी दिन ?
जेन्जीकै सपना अनादरगरी, छल्ने कुचेष्टा लिदा,
होला शान्ति कहाँ यसै मुलुकमा,धर्ती दुखी भै रुँदा ?

रित्तो काख हुने निरीह जननी, विक्षिप्त सारै भए,
टुक्रा ती मुटुका निरीह कलिला आधार बाँच्ने गए ।
धेरै घायलले कठै मुलुकका, शैय्या टनाटन् भरे,
अज्ञानी लठुवा कतै खुसहुदै, चोरीचकारी गरे ।।

कैयौं नोट जले अवैध पनिता, ठूलाबडाकै घर,
पूरा देशभरी भयो सनसनी, केहुन्छ भन्ने डर ?
यस्तो संकटमा कठोर मनका, पीडा नदेख्नेहरू,
स्वार्थी खेल रचे पदासिन हुने, ताकेर कुर्सी बरु ।।

सारै अस्थिर भो बुझौं सबजना,नेपाल भित्र स्थिति,
यस्तो चाल रहे सुधार नभए, होला झनै दुर्गति ।
हट्नै पर्छ सबै दलाल भतुवा, यो देशका दुर्जन,
हट्छन् धुर्त सबै कुनै दिन यहाँ जागौं सबै सज्जन ।।

प्रकाशन मिति : २०८२ कार्तिक ११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

अर्घाखाँचीमा सातौं अर्घाखाँची महोत्सव हुने

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता


TOP