Trend

कात्तिक १३- राष्ट्रिय ट्रेड युनियन महासङ्घ (जीफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको आज आकस्मिक निधन भएको छ । रुपन्देहीको भैरहवामा रहेको नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला अचानक बेहोस हुनुभएका ६५ वर्षीय गौतमको निधन भएको हो ।

उहाँलाई तत्काल मणिग्राममा रहेको क्रिमसन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका हुन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि नेकपा एमाले निकट मजदुर सङ्गठन जिफन्टमा सक्रिय हुनुहुन्थ्यो । ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध आज उद्योगी र मजदुरले विरोध प्रदर्शन गरेका हुन् । ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना


TOP