Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
कात्र्तिक १५ अर्घाखाँची-

भगवान विष्णुको जागरणको प्रतीक मानिने हरिबोधनी एकादशीको अवसरमा सनिवार सन्धिखर्कमा भव्य धार्मिक मेला लागेको छ । बिहानैदेखि सन्धिखर्क बजार,त्रिवेणी धाम र आसपासका मन्दिरहरूमा भक्तजनहरूको भीड देखिएको छ । भक्तजनहरूले बिहान पवित्र स्नान गरी विष्णु भगवान, तुलसी र शालिग्रामको संयुक्त पूजा–आराधना गरेका छन । दिनभर पूजा, व्रत, देउसी भैलो र भजन–कीर्तनको माहोलले सन्धिखर्क चुत्रावेसी बजार गुञ्जायमान बनेको छ ।

मेलाको मुख्य आकर्षणका रूपमा तुलसी विवाह, देउसी भैलोलगायत अन्य कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय व्यापारीहरूले मेला स्थलमा खाद्यपदार्थ, फेन्सीसामान, फलफुल लगायतका स्टलहरू राखि सामान बिक्रिबितरण पनि गरेका छन । सन्धिखर्क २ का स्थानीयवासी एवं पाणिनी बहुमुखि क्याम्पसका प्राचार्य बुद्धिराम भुसालका अनुसार,“हरेक वर्ष यसै दिन सन्धिखर्कमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने गरेको छ । उहाँका अनुसार यो मेला केवल धार्मिक अवसर मात्रै नभइ , सामाजिक एकताको प्रतीक पनि भएकोले यसको बेग्लै महत्व रहेको छ ।”

स्थानीय प्रशासनले मेलाको सुरक्षाका लागि आवश्यक तयारी गर्नुको साथै सन्धिखर्क नगरपालीकाले यातायात आवागमनलाइ सहज बनाएको छ । हरिबोधनी एकादशीका अवसरमा सन्धिखर्कको त्रिवेणी धाममा लागेको यो मेला धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक सद्भावको सुन्दर प्रतीक बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP