Trend

श्याम घिमिरे,
कात्र्तिक १५ अर्घाखाँची-

भगवान विष्णुको जागरणको प्रतीक मानिने हरिबोधनी एकादशीको अवसरमा सनिवार सन्धिखर्कमा भव्य धार्मिक मेला लागेको छ । बिहानैदेखि सन्धिखर्क बजार,त्रिवेणी धाम र आसपासका मन्दिरहरूमा भक्तजनहरूको भीड देखिएको छ । भक्तजनहरूले बिहान पवित्र स्नान गरी विष्णु भगवान, तुलसी र शालिग्रामको संयुक्त पूजा–आराधना गरेका छन । दिनभर पूजा, व्रत, देउसी भैलो र भजन–कीर्तनको माहोलले सन्धिखर्क चुत्रावेसी बजार गुञ्जायमान बनेको छ ।

मेलाको मुख्य आकर्षणका रूपमा तुलसी विवाह, देउसी भैलोलगायत अन्य कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय व्यापारीहरूले मेला स्थलमा खाद्यपदार्थ, फेन्सीसामान, फलफुल लगायतका स्टलहरू राखि सामान बिक्रिबितरण पनि गरेका छन । सन्धिखर्क २ का स्थानीयवासी एवं पाणिनी बहुमुखि क्याम्पसका प्राचार्य बुद्धिराम भुसालका अनुसार,“हरेक वर्ष यसै दिन सन्धिखर्कमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने गरेको छ । उहाँका अनुसार यो मेला केवल धार्मिक अवसर मात्रै नभइ , सामाजिक एकताको प्रतीक पनि भएकोले यसको बेग्लै महत्व रहेको छ ।”

स्थानीय प्रशासनले मेलाको सुरक्षाका लागि आवश्यक तयारी गर्नुको साथै सन्धिखर्क नगरपालीकाले यातायात आवागमनलाइ सहज बनाएको छ । हरिबोधनी एकादशीका अवसरमा सन्धिखर्कको त्रिवेणी धाममा लागेको यो मेला धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक सद्भावको सुन्दर प्रतीक बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP