सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
कात्तिक १७ अर्घाखाँची –
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन । जिल्लाको पाणीनी गाँउपालीका–३ दुर्गाफाँटमा सोमवार साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिनुभयो ।

यस्तै सोही मोटरसाइकलको पछाडि सवार २५ वर्षीय सन्तोष घर्ती घाइते भएका छन । उनको गुल्मीको खज्र्याङमा रहेको अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । एउटै मोटरसाइकलमा तीन जना सवार रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: November 4th, 2025 at 7:44 am
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया