Trend
बिहिबार , पुष २४, २०८२

कात्तिक २५, २०८२- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार खेल तालिका सार्वजनिक गरेको हो । आउँदो मंसिर १ गतेदेखि शुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रङ्गशालाको फ्लडलाइटमा पनि खेलिने भएको छ । उद्घाटन खेल नै फ्ल्डलाइटमा हुने क्यानले जनाएको छ । तालिका अनुसार उद्घाटन खेलमा गएको वर्षको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने छन् । यो खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ ।

तालिकाअनुसार एनपीएलको प्लेअफका तीन तथा फाइनल अनि लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिने छन् । त्रिवि क्रिकेट रङ्गशालामा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न भइसकेको छ भने फ्लडलाइट जडानको काम पनि अन्तिम चरणमा छ । आठ वटै टोलीमा अनुबन्धित विदेशी खेलाडी र प्रशिक्षक काठमाण्डौ आउने क्रम जारी छ । एनपीएल खेल्ने टोलीका अधिकांश खेलाडी अभ्यासमा व्यस्त छन् ।

source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

वीर नेपाली : (लोकछन्द)


TOP