Trend
सोमबार , मंग्सिर ३०, २०८२

कात्तिक २५, २०८२- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार खेल तालिका सार्वजनिक गरेको हो । आउँदो मंसिर १ गतेदेखि शुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रङ्गशालाको फ्लडलाइटमा पनि खेलिने भएको छ । उद्घाटन खेल नै फ्ल्डलाइटमा हुने क्यानले जनाएको छ । तालिका अनुसार उद्घाटन खेलमा गएको वर्षको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने छन् । यो खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ ।

तालिकाअनुसार एनपीएलको प्लेअफका तीन तथा फाइनल अनि लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिने छन् । त्रिवि क्रिकेट रङ्गशालामा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न भइसकेको छ भने फ्लडलाइट जडानको काम पनि अन्तिम चरणमा छ । आठ वटै टोलीमा अनुबन्धित विदेशी खेलाडी र प्रशिक्षक काठमाण्डौ आउने क्रम जारी छ । एनपीएल खेल्ने टोलीका अधिकांश खेलाडी अभ्यासमा व्यस्त छन् ।

source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 4 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP