Trend
बिहिबार , फागुण २८, २०८२

कात्तिक २६, २०८२ – नेपालमा पछिल्ला दिनहरूमा देखिएको राजनीतिक अस्थिरता र निराशाको अवस्थाप्रति नेपाली कांग्रेस नेतृ निर्मला क्षेत्रीले गम्भीर चिन्ता व्यक्त गरेकी छन् । उनले पार्टीभित्रको मतभेद र गुटगत स्वार्थलाई अन्त्य गर्दै, नेपाली कांग्रेसलाई एकजुट बनाएर ताजा जनादेशको तयारीमा जुट्न नेतृत्वलाई आग्रह गरेकी छन् ।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक समेत रहेकी क्षेत्रीले अहिलेको परिस्थितिलाई सामान्य नठान्न चेतावनी दिँदै भनिन् “यो केवल संगठन चलाउने समय मात्र होइन, कांग्रेसको अस्तित्व र जनताको आशा पुनःजागृत गर्ने निर्णायक घडी हो ।”

उनका अनुसार देशभर निराशा र अन्योलको वातावरण फैलिँदै गएको छ, जसको अन्त्य राजनीतिक नेतृत्वको दृढता, सहकार्य र नयाँ सोचबाट मात्र सम्भव छ । त्यसको नेतृत्व केबल कांग्रेसले मात्र गर्न सक्छ । क्षेत्रीले भनिन् – “अहिले देश निराशाको अवस्थामा छ । नेतृत्वले देशको आवश्यकता, कार्यकर्ताको भावना र जनताको अपेक्षा बुझ्नुपर्छ । व्यक्तिगत स्वार्थभन्दा देश र जनभावनालाई प्राथमिकता दिनुपर्ने समय यही हो ।”

नेपाली काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागकी सचिव समेत रहेकी नेतृ क्षेत्रीले, पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा ठोस छलफल र निर्णयमार्फत देशलाई निकास दिनुपर्नेमा जोड दिइन् । उनले ठोकुवा गर्दै भनिन् – “जति ढिलो गरिन्छ, त्यति नै देश र पार्टी कमजोर बन्छ ।”

क्षेत्रीले कांग्रेसभित्र देखिएको अविश्वास र गुटगत मानसिकताले संगठनलाई कमजोर बनाएको भन्दै सहकार्य, सहमति र सामूहिक निर्णयको संस्कार पुनःस्थापित गर्नुपर्नेमा सुझाव दिइन् । उनका अनुसार, लोकतन्त्र र राष्ट्रिय स्थायित्व जोगाउने जिम्मेवारी अहिले पनि नेपाली कांग्रेसकै काँधमा छ ।

आगामी निर्वाचनको तयारीबारे बोल्दै कांग्रेस महासमिति सदस्य समेत रहेकी नेतृ निर्मलाले भनिन् “निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा होइन, राष्ट्र निर्माण र लोकतान्त्रिक मूल्य पुनःस्थापना गर्ने अवसर हो ।”त्यसको लागि आवश्यक परे कांग्रेस तैयार हुनुपर्छ ।

उनले कांग्रेसले अब नीतिमा आधारित स्पष्ट वैचारिक विकल्प सहित जनतामाझ जानुपर्ने आवश्यकता औंल्याइन् । नेतृ क्षेत्रीको भनाई छ “कांग्रेसको अस्तित्व जनताको मनभित्र छ । त्यो भावनालाई पुनः सक्रिय गर्न हामी सबैले मिलेर अघि बढ्नुपर्छ । ”क्षेत्रीले जोड दिँदै भनिन् “देशको राजनीतिक स्थायित्व, लोकतान्त्रिक निरन्तरता र जनविश्वासका लागि अब ढिलाइ होइन, निर्णायक कदम कांग्रेसले चाल्नु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई


TOP