Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्यााम घिमिरे,
कात्तिक २८ अर्घाखाँची –
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप भएको बताउनु भएको छ । एमाले सन्धिखर्क नगर कमिटीले  सुक्रवार सन्धिखर्कमा गरेको प्रशिक्षण भेलालाइ सम्बोधन गर्दे उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो ।

‘संसद पुनःस्थापना, संविधान संशोधन, जेन्जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो,’ ज्ञवालीले भन्नुभयो, ‘यथास्थितिमा चुनाव भएमा त्यसको कुनै औचित्य हुँदैन ।’ ‘यथास्थितिमा हुने चुनाव शाही कालमा भएको स्थानीय सरकार जस्तै हुन्छ,’ उहाँले भन्नुभयो, ‘सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार देखिएको छैन, दलका नेताको अनुहार हेर्नु छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनावको वातावरण बन्न सक्दैन ।’ त्यसकारण फागुन २१ मा चुनाव हुन सक्दैन ।

उहाँले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले शासन गरेको दाबी समेत गर्नुभयो । ‘अहिले संविधान घाइते अवस्थामा छ,’ उनले भन्नुभयो, ‘लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन् ।’ ज्ञवालीले देशमा असाधारण संकटको स्थितिमा रहेको बताउदै जलाउनेहरूले नै देश चलाइरहेको भन्दै उहाँले रोष प्रकट समेत गर्नुभयो ।

कार्यक्रममा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्वर भुसालले जिल्लामा पार्टीको अबस्था र भावि योजनाको बारेमा प्रकाशपार्नु भएको थियो । नगरकमिटी अध्यक्ष कुशल भुसालको अध्यक्षता उपाध्यक्ष नारायण खड्काको स्वागत मन्तव्य र सचिव तुल्सी रायमाझीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरकमिटीका पदाधिकारी, जनप्रतिनिधि,  अगुवा तथा पार्टीका स्थानीय कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 5 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न


TOP