Trend

श्याम घिमिरे,
कात्तिक २९ अर्घाखाँची

आर्थिक उन्नतीको सहयात्री ,तपाई हाम्रो सुःख–दुःखको साथी, भन्ने मुख्य नारा सहीत स्थापित साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क –२ चुत्राबेसीको १३ औं बार्षिक साधारण सभा सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । साधारण सभाको सहकारीमा आबद्ध जेष्ठ नागरिकहरुले पानसमा दिप प्रज्ववलनगरी उद्घाटन गर्नुभएको हो ।

संस्थाका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, उपाध्यक्ष रुद्र प्रसाद श्रेष्ठको स्वागत मनतब्य र बिमला केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष भुसालले संस्थाको प्रगति प्रतिबेदन,प्रस्तावित कार्यक्रम निति तथा योजना, कार्यालय व्यवस्थापक बसन्ता गुरुङ्गले प्रस्तावित बजेट सहितको प्रगति प्रतिबेदन, ऋण लगानी तथा र लेखा सुपरीवेक्षक विष्णु प्रसाद बन्जाडेले लेखा समितिको तर्फबाट तयार पारीएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जेष्ठ नागरीक, असल बचत कर्ता, असल ऋृणी,सफल उद्योमी, संस्थाका उत्कृष्ट कर्मचारी र पत्रकारलाई प्रमाणपत्र र जिन्सी सामान सहित सम्मान गरीएको थियो । सहकारीका सदस्यहरुको टिमबाट सचेतनामुलक गित र नाटक प्रदर्शन गरिएको कार्यक्रममा चिठा बिधिद्धारा बिभिन्न पुरस्कारहरुपनि प्रदान गरिएको थियो । साधारण सभाले नयाँ कार्यसमितिको पनि चयन गर्ने जनाइएको छ । समितिको घोषणा भोली आइतवार हुने सहकारीका अध्यक्ष प्रकाश भुसालले जानकारी दिनुभयो ।

१३ बर्षको समयमा दुई पटक डिभिजन सहकारी कार्यालय कपिलवस्तुबाट पुरस्कृत भएको साथी सहकारी हालसम्म आधा दर्जन भन्दा धेरै संघसंस्थाहरुबाट सम्मानित भएको जिल्लाको उत्कृष्ट संस्था मध्ये पर्दछ । हालसम्म संस्थामा २९ सय ८७ जना शेयर सदस्य, २७ करोड ५० लाख कुल सम्पत्ति, २६ करोड भन्दा धेरैको शेयर पुँजि , १५ करोड ७३ लाख ऋण लगानी र २२ करोड भन्दा धेरै बचत रहेको संस्थाले जनाएको छ ।

सहकारीले विभिन्न सामाजिक कार्यक्रम र रचनात्मक कामगरी केवल सदस्यको मात्र नभई जिल्लाकै मन जित्न सफल भएको छ । संस्थाले बिभिन्न चेतनामुलक कार्यक्रम, तालीम, छात्रबृत्ति बितरण, राहत बितरणलगायतका उल्लेखनिय गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको सहकारी सञ्चालक तथा ऋणउपसमिति संयोजक डिलाराम भुसालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP