Trend

श्याम घिमिरे
मंसीर २ अर्घाखाँची औ

सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्थाको सातौं साधारणसभा तथा छैठौं अधिवेशन मंगलबारबाट सन्धिखर्कमा सुरु भएको छ । सभाको सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै श्रेष्ठले पहाडि जिल्लाको सुन्दर उपत्यका सन्धिखर्क र चुत्रावेसी सहित समग्र सन्धिखर्कको समृद्धिका निम्ती सबैको हातेमालो आबश्यक रहेको बताउनु भयो । श्रेष्ठले सन्धिखर्कको हराभराको निम्ती आफु र आफ्नो टिम सधैब लागिपरेको भन्दै सबैले आआफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो ।

श्रेष्ठले खानेपानी जस्तो अपरिहार्य सेवा दिने पवित्र संस्थालाई पार्दशी र गुणस्तरिय बनाउनेगरी काम कार्य समितिलाई आग्रह पनि गर्नुभयो । सन्धिखर्क क्षेत्र कृषि र धार्मिक पर्यटनको दृष्टिकोणले प्रबल सम्भावना बोकेको भन्दै यसबाट सफलता मिल्ने गरि काम गर्न अपिल पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र खानेपानी तथा सरसफाई कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख गोविन्द आचार्यले स्वच्छ, गुणस्तरिय र सुरक्षित पिउनेपानी बितरणमा ध्यान दिन र हातेमालोगरि संस्थाको विकासमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला स्थित बिभिन्न क्रियाशिल राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,पत्रकार,उद्योगीव्यवसायीहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसैबिच खानेपानीको मुलसंस्थामा नयाँ कार्यसमितिको लागि दुइवटा प्यानले उमेद्वारी दर्ता गराएको निर्वाचन मण्डलले जनाएको छ । सोही अनुसार बुधवार बिहान १० बजे देखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया हुने निर्वाचन मण्डलले बताएको छ । नयाँ बन्ने कार्यसमितिको लागी युवराज खत्री प्रेम र बाबुराम भुसाल साथीको दुइवटा प्यानलबिच कडा प्रतिसपर्धा हुने देखिएको छ । खानेपानीमा झण्डै दुईहजार ग्राहकहरु रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएमलाई शुभकामना

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP