Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे,
मंसीर २ अर्घाखाँची –

नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल अर्घाखाँचीले मंगलबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ झाक्रीले एमाले निर्वाचनका लागि तयार भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेकोे आरोप लगायनुभएको हो ।

सरकारले दलहरुसंग संवाद र छलफल नगरेको भन्दै झाँक्रीले प्रहरीबाट लुटिएका हतियार फिर्ता नभएको र कारागारबाट भागेका कैदीबन्दीहरु समेत बाहिर रहेकाले निर्वाचनको वातावरण नभएको बताउनुभयो । झाँक्रीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले कानुनी लडाई र सडक सङ्घर्ष गर्ने घोषणा समेत गर्नुभयो । उहाँले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर अहिलेको चुनौतीपूर्ण अवस्थाको निकास प्रतिनिधिसभा पुनस्र्थापना भएको दाबि गर्नुभयो ।

फरक प्रसंगमा नेतृ झाक्रीले देशलाई नयाँ दिशातर्फ लैजान जेनजी पुस्ताको नेतृत्व अपरिहार्य रहेको भन्दै युवालाई अग ्रपंक्तिमा ल्याउनु एमालेको जिम्मेवारी भएको बताउनुभयो । वर्तमान समय डिजिटल युग भएको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरूले समयको माग अनुसार नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 5 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP