Trend

श्याम घिमिरे,
मंसीर २ अर्घाखाँची –

नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल अर्घाखाँचीले मंगलबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ झाक्रीले एमाले निर्वाचनका लागि तयार भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेकोे आरोप लगायनुभएको हो ।

सरकारले दलहरुसंग संवाद र छलफल नगरेको भन्दै झाँक्रीले प्रहरीबाट लुटिएका हतियार फिर्ता नभएको र कारागारबाट भागेका कैदीबन्दीहरु समेत बाहिर रहेकाले निर्वाचनको वातावरण नभएको बताउनुभयो । झाँक्रीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले कानुनी लडाई र सडक सङ्घर्ष गर्ने घोषणा समेत गर्नुभयो । उहाँले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर अहिलेको चुनौतीपूर्ण अवस्थाको निकास प्रतिनिधिसभा पुनस्र्थापना भएको दाबि गर्नुभयो ।

फरक प्रसंगमा नेतृ झाक्रीले देशलाई नयाँ दिशातर्फ लैजान जेनजी पुस्ताको नेतृत्व अपरिहार्य रहेको भन्दै युवालाई अग ्रपंक्तिमा ल्याउनु एमालेको जिम्मेवारी भएको बताउनुभयो । वर्तमान समय डिजिटल युग भएको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरूले समयको माग अनुसार नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP