Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे,
मंसिर ८ अर्घाखाँची –
अर्घाखाँची जिल्लामा चार हजार नौसय भन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता अभियान सञ्चालन गरिएकोमा जिल्लामा चार हजार नौसय ३५ जना मतदाता थपिएका हुन् । गत असोज ९ देखि मंसिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकोमा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार कार्यालयमै पुगेर एक हजार आठसय ८५ जनाले नाम दर्ता गराएका छन् । महिलाको संख्या एक हजार एकसय ७६ र पुरुषको संख्या सातसय १६ रहेको छ । राष्ट्रिय परिचयपत्रमार्फत तिनहजार ५१ जनाले नाम दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको हो । कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।

यो अबधिमा आठ सय ७८ जनाले ठाउँसारी , एक सय ७५ जनाले त्रुटि सच्याउन, एकजनाको नाम हटाउन र बाह्य जिल्ला दर्ताकालागी ३७ जनाले कार्यालयमा निवेदन दिएको कार्यालय प्रमुख पौडेलले बताए । यो सहित अब जिल्लामा मतदाताको सङ्ख्या एक लाख ६८ हजार चारसय ४१ पुगेको छ । जसमा महिलाको संख्या ८३ हजार तिनसय ५७ र पुरुषको संख्या ८५ हजार ८४ रहेको छ । पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुट्याउनलाई भने केही समय लाग्ने कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

यसैबिच अर्घाखाँचीमा ६ वटा मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले पाणिनी गाउँपालिकामा दुई र सितगंगा नगरपालीकामा चार गरी ६ वटा मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभयो ।

प्रजिअ सुवेदीका अनुसार पाणिनी गाउँपालीका वडानं.१ स्थित सरस्वती मा.बि आमडाँडा र ३ नम्वर वडाको सरस्वती भवन राष्ट्रिय मा.बि हर्राबोटमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरीएको छ । यस्तै बैठकले सितगंगा नगरपालीका वडानं. ११ मा रहेको चाबदिप मतदान स्थल हटाएर दुम्सी आधारभूत विद्यालय र धर्मदय मा.बि ढुङ्गेसेरामा मतदान केन्द्र थप्ने निर्णय गरेको छ । यस्तै सोहि वडाकै ताराज्योति आधारभूत विद्यालय दोबाटामापनि मतदान केन्द्र थप्ने निर्णय गरेको प्रजिअ सुवेदीले बताउनुभयो । बैठकले १३ नम्वर वडाको सिमलपानी र थाप्लेवारीमा रहेका दुईवटा केन्द्रमा टाढापर्नेहरुकालागी मुसिवानमा नयाँ केन्द्र थप्न आवश्यक रहेकाले सोहीबमोजिम आयोगमा सिफारिस गरी पठाइएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।

यसअघि प्रजिअ सुवेदीले बाबुराम आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको आफै स्थलगत अबलोकन समेत गर्नुभएको थियो । अबलोकनको क्रममा उक्त केन्द्र व्यवस्थापकिय हिसावले मतगणना गर्ने ठाँउ सानो र सुरक्षाको दृष्ट्रीकोणले नअटने भएकोले तलवाट नआएर पठाउन नसकिएको सुवेदीले बताउनुभयो ।

एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई सय दुई मतदान केन्द्र छन् । निर्वाचनका लागि जिल्लामा ९७ मतदानस्थल सिफारिस गरिएको छ । छ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा ६१ वटा वडा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 5 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न


TOP