Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे,
मंसीर १३ –
नेकपा एमालेकोे आगामी मंसीर २७ गते हुने राष्ट्रिय महाधिवेशनकोमा प्रतिनिधी चयनका लागी अर्घाखाँचीमा मतदान हुने भएको छ । एमाले अर्घाखाँचीका अनुसार शुक्रबार दिनभर सर्वसम्मतको प्रयास गरिएपनि सर्वसम्मत हुन नसकेपछि मतदान हुन लागेको प्रमुख निर्वाचन अधिकृत केवी भुसालले बताउनुभयो ।

खुलातर्फ ६ र महिलातर्फ ४ जनाकोलागि जम्मा १४ जनाको उम्मेदवारी परेको भुसालले बताउनुभयो । जसअन्र्तगत भुगोल खुलातर्फ पिताम्बर भुसाल, शम्भुप्रसाद पोख्रेल, रेशम थापा, बसन्तकुमार श्रेष्ठ, तेजप्रसाद खनाल, कमलप्रसाद घिमिरे,श्रीकृष्ण भुसाल, प्रेमनारायण गैरे र रामजीप्रसाद घिमिरे गरी ९ जनाको उम्मेदवारी परेको हो ।

यस्तै महिलातर्फ ४ जनाको लागी ५ जनाको उम्मेदवारी परेको छ । महिला भुगोल तर्फ सुस्मा श्रेष्ठ, दिपा आचार्य, विष्णुमाया आचार्य, लक्ष्मी गौतम र गिता भाट क्षेत्रीको उम्मेदवारी परेको छ । जिल्लाका ६ वटै पालीकामा आज सनिवार बिहान १० बजेदेखि अपह्रान्न ४ बजेसम्म मतदान हुने एमाले अर्घाखाँचीले जनाएको छ ।

३ जना भने यस अघि सर्वसम्मत प्रतिनिधी भईसकेका छन् । भुगोल युवातर्फ तोजबहादुर रायमाझी (बिधान), दलिततर्फ लिलबहादुर विक र आशा परियार सर्वसम्मत निर्वाचित भएका हुन । पार्टीको एघारौं महाधिवेशनका लागि अर्घाखाँचीबाट विभिन्न क्षेत्रका गरि १३ जना प्रतिनिधिहरु सहभागी हुदैछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 5 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP