Trend
बिहिबार , फागुण २८, २०८२

श्याम घिमिरे,
मंसीर २१ अर्घाखाँची –
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर २४ गते सन्धिखर्कमा एकताको सन्देश सभा गर्ने भएको छ । १६ वटा विभिन्न राजनीतिक दलहरु मिलेर बनेको नेकपाले अर्घाखाँचीको सन्धिखर्कमा मंसिर २४ गते एकताको सन्देश सभा गर्न लागेको हो । सांगठनिक सुदृढिकरण तथा फागुन २१ गते हुने निर्वाचनको तयारी स्वरुप नेकपाले विभिन्न जिल्लाहरुमा पुगेर शिर्ष नेताहरुको उपस्थितिमा एकताको सन्देशसभा गर्न लागेको नेकपाका केन्द्रिय सदस्य ठाकुर कुमार बिकले जानकारी दिनुभयो । बिकले सन्देश सभामार्फत एकता प्रकृयालाई सुदृढ बनाउनुका साथै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तयार रहेको सन्देश दिने बताउनुभयो ।

६१ वटै वडामा सहजकर्ता खटाएर अमासभामा सहभागी हुनका लागि आम नागरिकलाई सहजीकरण गरिएको बिकले बताउनुभयो । सभामा नेकपा केन्द्रिय सचिवालय सदस्य तथा पुर्वमन्त्रीद्धय बेदुराम भुसाल र चक्रपाणी खनाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम सन्धिखर्कमा रहेको सभाहलमा हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

सन्धिखर्क एफएमलाई शुभकामना

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा


TOP