Trend

श्याम घिमिरे,
मंसीर २१ अर्घाखाँची –
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर २४ गते सन्धिखर्कमा एकताको सन्देश सभा गर्ने भएको छ । १६ वटा विभिन्न राजनीतिक दलहरु मिलेर बनेको नेकपाले अर्घाखाँचीको सन्धिखर्कमा मंसिर २४ गते एकताको सन्देश सभा गर्न लागेको हो । सांगठनिक सुदृढिकरण तथा फागुन २१ गते हुने निर्वाचनको तयारी स्वरुप नेकपाले विभिन्न जिल्लाहरुमा पुगेर शिर्ष नेताहरुको उपस्थितिमा एकताको सन्देशसभा गर्न लागेको नेकपाका केन्द्रिय सदस्य ठाकुर कुमार बिकले जानकारी दिनुभयो । बिकले सन्देश सभामार्फत एकता प्रकृयालाई सुदृढ बनाउनुका साथै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तयार रहेको सन्देश दिने बताउनुभयो ।

६१ वटै वडामा सहजकर्ता खटाएर अमासभामा सहभागी हुनका लागि आम नागरिकलाई सहजीकरण गरिएको बिकले बताउनुभयो । सभामा नेकपा केन्द्रिय सचिवालय सदस्य तथा पुर्वमन्त्रीद्धय बेदुराम भुसाल र चक्रपाणी खनाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम सन्धिखर्कमा रहेको सभाहलमा हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

एमाले महाधिवेशन : २ जनाको उम्मेदवारी खारेजी, १५ जनाले उम्मेदवारी फिर्ता लिए,११ जना केन्द्रीय सदस्य सर्वसम्मत, मतदान साँझ ७ बजेदेखि सुरु हुने

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP