Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे,
पुस ८ अर्घाखाँची–
हुलाक सेवासम्बन्धी जानकारी, सेवा प्रवाहको अवस्था तथा सुधारका विषयमा केन्द्रित रही रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम मंगलवार सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला हुलाक कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लामा कार्यरत रेडियो तथा टेलिभिजनकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा हुलाक सेवाको वर्तमान अवस्था, सेवाग्राहीमैत्री सेवा विस्तार, प्रविधिको प्रयोग, सञ्चार माध्यमसंगको सहकार्य तथा हुलाक सेवाका चुनौती र सम्भावनाबारे जिल्ला हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत भरत सापकोटाले सहजिकरण गर्नुभएको थियो ।

हुलाक अधिकृत सापकोटाको अध्यक्षता,विमला पोख्रेल भट्टराइको स्वागत मनतब्य र हेमनाथ मरासीनीको सञ्चालनमा सम्पन्न कार्यक्रममा हुलका नासु मदन भट्टराई र लेखापाल छविलाल घमले हुलाकले हालसम्म गरेका गतिबिधि,लोककल्याणकारी बिज्ञापन,सञ्चार गृहहरुसंगको सम्बन्ध लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

सहभागी सञ्चारकर्मीहरूले हुलाक सेवासंग सम्बन्धित सूचना सम्प्रेषणमा देखिएका समस्या, जनचेतना अभिवृद्धि र सेवाको प्रभावकारिता बढाउने विषयमा सुझाव राखेका थिए । कार्यक्रमले हुलाक कार्यालय र सञ्चार माध्यमबीच सहकार्य सुदृढ गर्दे सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह


TOP