सोमबार १४ बैशाख २०८३

कृष्ण प्रसाद भुसाल अजस

सन्धिखर्क एफ एम
सुन्छौं हामी दाजुभाइ सुन्छौं दिदीबैनी,
सन्धिखर्क एफएम सुन्दा सबै थाहा हुनी।
सन्धिखर्क एफ एम जस्तो अरू कहाँ बज्छ,
सिध्देश्वरको पाउ बाट यस्ले सन्देश दिन्छ ।।
सुन्दै गर्दा यो मन भुल्छ ।
सन्धिखर्क एफ एमले मन छुन्छ ।।

समचार यस्ले सधै संसारकै दिन्छ,
स्वदेश र विदेशका घट्नाक्रम भन्छ ।
विज्ञापन गरिदिन्छ ब्यापार बढाइ दिन्छ,
सूचना र सन्देश भन्छ निम्ता भनिदिन्छ ।।
सुन्दै गर्दा यो मन भुल्छ ।
सन्धिखर्क एफ एमले मन छुन्छ ।।

सन्धिखर्क एफ एम सुन्दा यो मन खुशी हुन्छ,
कला गला हुनेलाई यस्ले औसर दिन्छ ।
गाउँ शहर जता पनि यस्कै धुन सुन्दा,
पीडा चिन्ता भगाइ दिन्छ साँचो मन्ले गुन्दा ।।
सुन्दै गर्दा यो मन छुन्छ ।
सन्धिखर्क एफ एमले मन छुन्छ ।।

राम्रा राम्रा गीत दिन्छ नौला भाका दिन्छ,
सङ्गीतमय भजन कीर्तन मिठा स्वर दिन्छ ।।
उनानब्बे थोप्लो आठ मेगाहर्ज खोल्दा,
सारै राम्रो सन्धिखर्क एफएम बाट बोल्दा ।
सुन्दै गर्दा यो मन भुल्छ ।
सन्धिखर्क एफ एमले मन छुन्छ ।।

आठौं बर्ष पूरागरी लाग्यो नवउँमा,
फुल्दै जाओस् फल्दै जाओस् भन्छौं शुभकामना ।।

प्रकाशन मिति :२०८२ माघ १


Last Updated on: January 15th, 2026 at 10:57 am
५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया