Trend

कृष्ण प्रसाद भुसाल अजस

सन्धिखर्क एफ एम
सुन्छौं हामी दाजुभाइ सुन्छौं दिदीबैनी,
सन्धिखर्क एफएम सुन्दा सबै थाहा हुनी।
सन्धिखर्क एफ एम जस्तो अरू कहाँ बज्छ,
सिध्देश्वरको पाउ बाट यस्ले सन्देश दिन्छ ।।
सुन्दै गर्दा यो मन भुल्छ ।
सन्धिखर्क एफ एमले मन छुन्छ ।।

समचार यस्ले सधै संसारकै दिन्छ,
स्वदेश र विदेशका घट्नाक्रम भन्छ ।
विज्ञापन गरिदिन्छ ब्यापार बढाइ दिन्छ,
सूचना र सन्देश भन्छ निम्ता भनिदिन्छ ।।
सुन्दै गर्दा यो मन भुल्छ ।
सन्धिखर्क एफ एमले मन छुन्छ ।।

सन्धिखर्क एफ एम सुन्दा यो मन खुशी हुन्छ,
कला गला हुनेलाई यस्ले औसर दिन्छ ।
गाउँ शहर जता पनि यस्कै धुन सुन्दा,
पीडा चिन्ता भगाइ दिन्छ साँचो मन्ले गुन्दा ।।
सुन्दै गर्दा यो मन छुन्छ ।
सन्धिखर्क एफ एमले मन छुन्छ ।।

राम्रा राम्रा गीत दिन्छ नौला भाका दिन्छ,
सङ्गीतमय भजन कीर्तन मिठा स्वर दिन्छ ।।
उनानब्बे थोप्लो आठ मेगाहर्ज खोल्दा,
सारै राम्रो सन्धिखर्क एफएम बाट बोल्दा ।
सुन्दै गर्दा यो मन भुल्छ ।
सन्धिखर्क एफ एमले मन छुन्छ ।।

आठौं बर्ष पूरागरी लाग्यो नवउँमा,
फुल्दै जाओस् फल्दै जाओस् भन्छौं शुभकामना ।।

प्रकाशन मिति :२०८२ माघ १

प्रतिक्रिया

सम्बन्धित खवर

  पुष २७, २०८२ आइतबार 6 Views

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

  मंग्सिर ९, २०८२ सोमबार 32 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 43 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 37 Views

जागौं सबै सज्जन

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह


TOP