Trend
शुक्रबार , फागुण १५, २०८२

के पी भुसाल ‘अजस’
मत हो जनका हकको गरिमा,
दुनियाँ खुस छन् यसकै भरमा ।
दुखमा सुखमा छ यही सङमा,
जगतै भरनै मतकै महिमा ।।

मुलुकै भरका मनुका मनको,
हकभोग लिने मतहो सबको ।
सब शक्तिको श्रोत रहेछ मतनै
घुसमा भुलमा नदिए मत है ।।

धनवान तथा मनका गरिब,
धनकै र तथा मनकै हरिप ।
सबको यिनमा मतको हकछ,
मतको मनितो पनि ता समछ ।।

मतको बलमा कतिको जय भो,
अपुरो परिणाम पराजय भो ।
विजयी हुनेको पदमा हक भो,
हरुवा जतिको रिनको जग भो ।।

धनमा मदमा हरिलन्ठ भुले,
जनको ठगले मतभार लुटे ।
जसरी भतुवा पदखाँन जुटे,
तसरी मुलुकै सब ठाम लुटे ।।

निठुरी धमिरा बदमास मिले,
सिमना धरती सब थोक भुले ।
सरिता ललिता हक बाट गुमे
सब उद्यम हेर बिकाज बिके ।।

कमरा भरि छन् सुन नोट कतै,
खरको झुपडी दुखमै छ सधैँ ।
अमिरी धनका झन माथि पुगे,
गरिवी जन ती तन पाल्न उडे ।

मतको मनितो कम छैन कहीँ,
अभिशाप भयो मतदान यहीँ ।
अति उत्तम हो मतदान थिति,
यसकै भरमा सब बन्छ विधि ।।

कसको मनमा छ मया घरको,
बुझहो मनुवा उसका मनको ।
उसको जितमा मतदान गरे,
दुख हुन्न कतै मतभार पुगे ।।

अब पूर्व र पश्चिम बाट उठ,
र हिमाल मदेस जगाइ जुट ।
दिनु भोट बुझेर सही जनमा,
तब हुन्छ सधैँ सबकै हितमा ।।

प्रकाशन मिति ः २०८२ फागुन १४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

ॐ श्रीकृष्ण गौशालामा रहेका गौमातालाई आहार वितरण

अर्घाखाँचीमा सातौं अर्घाखाँची महोत्सव हुने

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश


TOP