Trend

                                                                के पी भुसाल ‘अजस’
दशकौं केही बितेर गए जन्ताले सघाए ,
नेपाली भूमि कङ्काल जस्तो नेताले बनाए ।
भाषण मात्रै गरेर नेता जन्ताला भुलाए ,
बयासी साल चुनाव हेर जन्ताले छक्क्याए ।।

अन्याय गरे नगर्नु गरे नातावाद् फैलाए ,
बेचेर खाए स्वदेशी उद्योग अस्तित्व गुमाए ।
नेपाली युवा प्रदेशी बन्न वाध्यता तुल्याए ,
विकल्प खोज्दै जन्ताले हेर घन्टी पो बजाए ।।

हुरी र बतास् असिना बाट जोगिने कसोरी ,
जन्ताले पनि आश्रय लिए रुखको छहारी ।
रुखको फेद हाँगा र पात खै कता हराए ,
जन्ताको आँशु पुछेन कोही घन्टी नै बजाए ।।

जिन्दगी चल्न चाहिन्छ पेसा चल्दैन नभए ,
के गर्ने जन्ता कसैले घाम तापेर रमाए।
बादल लाग्यो सूर्यको ज्योति किरणै हराए ,
कामेका जन्ता विकल्प रोजे घन्टी नै बजाए ।।

अँधेरी रात टिलि र पिली अन्योल भैगयो ,
मधुरो तारा अधुरो आशा ढिलो पो उदायो ।
फिरन्ते तारा दिएनन् साथ खै कता हराए ,
निरास जन्ता बिचल्ली भए घन्टीमै रमाए ।।

पुख्र्यौली पेसा हलो र जुवा कसैले पछ्याए ,
कृषिनै ठूलो भनेर कोही माटोलाई सघाए ।
यिनको पनि लागेन भर के सोंचे रिसाए ,
आखिरी हेर नेपाली जन्ता घन्टीमै रमाए ।।

रिशले होला लुकेर आए घन्टी पो बजाए ,
हाँसेर आए हाँकेर आए घन्टीमै रमाए ।
नेपाली जन्ता मूर्ख भै हैन अधिकार जमाए ,
घन्टीमा भोट दिएर धेरै घरघरमै रमाए ।।

दारु र मासु लालचि कोही जतानि खाइदिए ,
दलको नाता नतोडे पनि चुपचाप भैदिए ।
नेपाली जन्ता स्वतन्त्र आफ्नो अस्तित्व जमाए ,
गोप्य मत आफ्नो घन्टीमा दिए यसैमा रमाए ।।

प्रकाशन मिति : २०८२ चैत्र २

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

सन्धिखर्क एफएमलाई शुभकामना

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित


TOP