
के पी भुसाल ‘अजस’
विज्ञानको विकासले मान्छे सुखी भए
नयाँ नयाँ प्रबिधिका धेरै कुरा आए ।
मिसिनले काम गर्दा हुन्छ सब्को जय,
दुख गर्ने धेरै कुरा इतिहास भए ।।
बाटोघाटो अरूपनि नयाँ बन्दै गए,
पुरातनका केहीकुरा अवशेष रहे ।
नयाँ नयाँ बस्तु धेरै उत्पादन भए,
पुख्र्यौलीका चलनचल्ती पछि पर्दै गए ।।
बाटा बने फराकिला गाउँबस्ती पुग्न,
पोखरी र चौतारीता भए छिन्नभिन्न ।
नालाबाट पानी आयो सबै घरैघर,
पँधेरामा पानी छैन विग्रेभत्के मूल ।।
भाँडावर्तन् पनि धेरै नयाँनयाँ आए,
प्लास्टिक र फलाम बाट सबै चिज भए ।
तामो काँसो हट्दै गयो देखिदैन चरेस,
जमानाने कोल्टो फेर्यो किन खाँनु हरेस ।।
नयाँ नयाँ प्रविधिको विकास हुँदै गयो,
कृषिक्षेत्र सुधार हुँदा उब्जा धैरै भयो ।
रासायनिक् मल पनि प्रयोग धेरै भए्,
बारीखेत पनि धेरै किटसरी भए ।।
आनुवंशिक् बिउ बिजन लोप हुँदै गए,
विज्ञानको उन्नतिमा सबै सामेल भए ।
नयाँ नयाँ बीउ आए, धेरै फल्ने जात,
रस स्वाद खासै छैन उब्जा हुन्छ खात ।।
बस्तुभाउ पनि हेर के के भए भए,
नस्ल सुधार गर्दागर्दै भद्रगोल भए ।
धेरै दुध धेरै मासु दिनेजात आए,
पुराना र पुख्र्याउलीका लोप हुँदै गए ।।
नयाँ बिजन हुन्न यहाँ नस्ल सुधार अनि,
पुर्खौं देखी चल्दै आको छैन बिउ पनि ।
खेतीबाट बिउ राख्ने बद्ली भए चोला,
पर निर्भर् सधैँ हामी,कसो गर्ने होला ।।
पर निर्भर नहौं हामी आत्मनिरभर बनौं,
आनुवंशिक बचाएर आफ्नो जोहो गरौं ।
नयाँ नयाँ सुविधाको फाइदा लिनु पर्छ ,
पुख्र्याउली इतिहास जोगाइ राख्नु पर्छ ।।
प्रकाशन मिति : २०८३ जेठ २४