
काठमाण्डौ ,भदौ १४, २०८३ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ । अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा ७३४ जनाको शव भेटिएको छ ।
सबैभन्दा बढी चितवनमा २५९ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ । यसैगरी रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२ र तनहुँमा ३६ जनाको शव भेटिएको छ । दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
सबैभन्दा बढी जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी भैरहेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म ८ हजार १८६ जनाको उद्धार भएको छ । जलविद्युतको सुरुङबाट २७९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि १९ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।