Trend

चैत ३- जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव देशकाे तेस्राे उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।  शुक्रवार भएको उपराष्ट्रपतिको चुनावमा यादव बहुमत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गर्नुभयो । उहाँले सङ्घीय संसद्तर्फ १४ हजार पाँच सय ३६ र प्रदेश सभातर्फ १५ हजार सात सय ९२ मतभार पाउनुभएको छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार छ सय २८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार तीन सय १४ मतभारभन्दा बढी मत ल्याउनुभएको छ । यादवले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्नुभएको हो ।

नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गर्नुभएको छ।  उहाँलाई १ सय ४ संघीय सांसद र १ सय ६९ प्रदेश सांसदले मतदान गरेका हुन्। जनमत पार्टीकी ममता झाले २ हजार ५ सय ३७ मत प्राप्त गरनुभयाे। उहाँलाई १५ जना प्रदेशसभा सदस्य र २३ जना संघीय सांसदले मतदान गरे।  मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो। उपराष्ट्रपतिमा जसपा सांसद प्रमिला कुमारीले पनि उम्मेदवारी दिनुभएको भए पनि मतदानअघि नै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई सघाउनुभएको थियो । यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP