Trend

श्याम घिमिरे,
असार १८ सन्धिखर्क –

सन्धिखर्क नगरपालिका २ नम्वर वडा कार्यालयको आयोजनामा फलफुल तथा फुलका बिरुवा रोपण कार्यक्रमको शुभारम्भ भएको छ । आ.व २०७९/८० को प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिकाको कार्यक्षेत्र भित्र पर्ने विभिन्न स्थानहरुमा फलफुल तथा फुलका बिरुवा रोपण कार्यको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले सफा सुन्दर र हरियाली नगर निर्माण गर्न यस प्रकारको अभियानले महत्वपुर्ण भुमिका निर्वाहगर्ने बताउनुभयो । स्वस्थ्य जिवन जिउनकोलागी बातावरण स्वच्छ हुनुपर्ने भन्दै श्रेष्ठले नगरलाई स्वच्छ,हराभरा र सुन्दर बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

सन्धिखर्क नगरपालीका २ नम्वर वडाअध्यक्ष मोतिजंग रायमाझीको अध्यक्षता र वडासचिव पुष्पा भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्य,प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल ,रोजगार संयोजक हिरामणी पराजुलीलगायले एकसाथ वृक्षा रोपण गरी हरीयाली र सुन्दर नगर बनाउन सबै लाग्नुपर्नेमा जोडदिनुभयो ।

२ नं वडा कार्यालयको नवनिर्मित वडाकार्यालय भवन परिषर् सहित मुख्य सडकहरुको साईडमा बिभिन्न परजातिका करीब ६ हजार फलफुल तथा फुलका बिरुवा रोपण गरीने वडाअध्यक्ष रायमाझीले जानकारी दिनुभयो । कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि,वडाका जनप्रतिनिधि,टोलसुधार समितिका प्रतिनिधि,पत्रकारसहित स्थानिय बासीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP