सोमबार ११ जेठ २०८३

कात्तिक १६, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूप्रतिको असन्तुष्टि लुकाउन पुराना दलहरूले व्यवस्था नै खतरामा पारेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।  लामिछानेले संसद् ठूला भनिएका तीन दलबाहेकका लागि अनुदार रहेको समेत आरोप लगाए। आफूप्रतिको असन्तुष्टि लुकाउन पुराना दलहरूले व्यवस्था नै खतरामा परेको भनेको जिकिर गरे।

‘आफूप्रतिको असन्तुष्टि लुकाउन पुराना भनिएका दलहरूले व्यवस्था नै खतरामा पर्‍यो  भनेर सबै दल एकै ठाउँमा उभिएर जवाफ दिने रे। अनि जवाफ चाहिँ के दिने? हामीले सकेनौँ भनेर दिने कि हाम्रै कारण व्यवस्था खतरामा पर्‍यो भनेर दिने?’, उनले भने। लामिछानेले संसद्ले ६ करोड खर्चिएर एउटा कानून बनाएको बताए। उनले संसद्ले भन्दा धेरै प्रभावकारी काम आफूले एक्लै सञ्चारकर्मी हुँदा गर्ने गरेको टिप्पणी गरे।

‘एकदिन संसद् बस्दा १० लाख खर्च हुन्छ रे। यसरी बसेको संसद्को उपलब्धि के भयो ? ६ महिना ६ करोड खर्चिएर एउटा मात्रै कानून बन्यो। योभन्दा धेरै काम त मैले सञ्चारकर्मी हुँदा नै गर्थें’, उनले भने। source:thahakhabar


Last Updated on: August 24th, 2024 at 4:23 am
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया