सोमबार १४ बैशाख २०८३

मंसिर १५ अर्घाखाँची – अर्घाखाँची अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष लिलाधर बस्यालले आज सुक्रवार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै बस्यालले विशेषज्ञ चिकित्सक ल्याउन आफ्नो पहल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । बस्यालले अस्पतालमा रहेका बिरामीहरुलाई पुर्ण स्वास्थ्य लाभको कामना संगै फलफुल वितरण गरी पदभार ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, काँग्रेश प्रदेश सदस्य शान्ता भन्डारी, प्रेस युनियनका प्रदेश सचिव सुर्य प्रसाद भुसाल, नेपाल पत्रकार महासंघका सदस्य लक्ष्मण घिमिरे, अशोक चौहानलगायतले मन्तव्य राख्दै अस्पतालको विकासकालागी सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

पदभार तथा स्वागत कार्यक्रम अस्पताल प्रमुख डा.जगन्नाथ तिवारीको अध्यक्षता सुचना अधिकारी निम रानाको स्वागत मनतब्य अस्पताल व्यबस्थापक शिव बन्जाडेको सञ्चालनमा सम्पन्न भएको हो । तस्विर : अशाेक चाैहान


Last Updated on: December 1st, 2023 at 11:37 am
२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया