सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
पुष ६ अर्घाखाँची

अर्घाखाँची जिल्ला अदालतले भर्चुअल प्रविधिबाट म्याद थप सुरु गरेको छ । अदालतले शुक्रबार इलाका प्रहरी कार्यालय ठाडामा रहेका प्रतिवादीहरुको भर्चुअल प्रविधिबाट म्याद थप गरि सो सेवाको शुभारम्भ गरेको हो । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहले सुरक्षा प्रमुख तथा जिल्ला न्यायाधीवक्तासंग छलफल गरि यो सेवा सुरु गरेको अदालतका सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनुभयाे।

सदरमुकाम सन्धिखर्क देखि करिव ३३ किलोमीटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालय ठाडा दुरीको हिसाबले टाढा पर्ने भएकोले भर्चुअल प्रविधिबाट म्याद थप गर्दा स्रोत साधन र समयको समेत बचत हुने भएकोले सो सेवाको सुरुवात गरीएको अदालतको भनाइ रहेको छ । पहिलो पटक म्याद थप गर्दा प्रतिवादी सहित उपस्थित हुनु पर्ने र दोस्रो पटकबाट मुद्दाको फाईल अदालतमा ल्याईसकेपछी मात्र यस प्रविधिको प्रयोग गरी म्याद थप गर्ने व्यवस्था मिलाएको अदालतले जनाएको छ ।


Last Updated on: December 22nd, 2023 at 12:25 pm
१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया